काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (मंगलबार)देखि आठौं चरणका खेलहरु हुँदैछन्। आठौं चरणअन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा १–१ खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।
जावलाखेल आज पाँचौं जितको खोजीमा हुनेछ। आजको खेलमा जित निकालेर जावलाखेल शीर्ष स्थानमा उक्लिने योजनामा छ। जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
आर्मी भने तेस्रो जितको खोजीमा हुनेछ। आर्मी ८ अंक जोडेर आठौं स्थानमा रहेको छ।
यस्तै, च्यासल मैदानमा साविक बिजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। मछिन्द्र र खुमलटारको खेल पनि दिउँसो २ बजेदेखि सुरु हुनेछ।
७ खेलबाट ७ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा रहेको खुमलटार आज तेस्रो जितको खोजीमा हुनेछ। यस्तै, मछिन्द्र भने दोस्रो जितको खोजीमा हुनेछ। मछिन्द्र ६ खेलबाट ६ अंक जोडेर तालिकाको ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।