काठमाडौं– म्यानचेस्टर सिटीका प्रभावशाली स्ट्राइकर इर्लिङ हाल्याण्ड नयाँ रूपमा देखिएका छन्।
च्याम्पियन्स लिगको फाइनल अगाडि २२ वर्षीय नर्वेजियन स्टार अभ्यास गर्ने क्रममा चुल्ठो बाँधेर मैदानमा उत्रिएका थिए। म्यानचेस्टरले आज राति च्याम्पियन्स लिगको फाइनलमा जर्मनी क्लब वार्यन म्युनिखसँग भिड्दै छ।
हाल्याण्डको नयाँ रूप पर्यावरणको पर्यावाची बनेकी ग्रेटा थनवर्गसँग मिल्न गएको भन्दै फुटबल समर्थकले जिस्क्याएका छन्। बोरुसिया डोर्टमुण्डका पूर्वस्टार अभ्यास क्रममा पूर्ण आत्मविश्वासी देखिन्थे।
हाल्याण्डलाई सिटीले ५१ मिलियन पाउण्डमा भित्र्याएको थियो। हाल्याण्ड बेलायतको लिड्समा २१ जुलाई २००० मा जन्मिएका थिए। उनका बुवा अल्फी लिड्स युनाइटेडका स्टार खेलाडी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।