काठमाडौं– युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलीलाई पराजित गरेको छ। मिलानले घरेलु मैदानमा नापोलीलाई १–० गोलले पराजित गर्यो।
मिलानको जितमा इस्माइल बेनासेरले गरेको गोल नै निर्णायक बन्यो। बेनासेरले खेलको ४०औं मिनेटमा राफयल लियोको पासमा गोल गरेका थिए।
बुधबार राति मिलानेमा भएको खेलमा नेपालीले घरेलु टोली मिलानमाथि बल पोसेसन राख्दै दबाब बढाए पनि गोल गर्न नसक्दा पहिलो लेगमा हार बेहोर्नु पर्यो। खेलको ७४औं मिनेटमा आन्द्रे फ्रान्क जाम्बोले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाउँदा नापोली १० खेलाडीमा समेटिएको थियो।
अब दोस्रो लेग १८ अप्रिलमा नापोलीको मैदानमा हुनेछ। दोस्रो लेगमा यही नतिजा कायम राख्न सके मिलान सेमिफाइनल पुग्नेछ। नापोलीले भने सेमिपाइनलको यात्रा तय गर्न कम्तीमा पनि २–० गोलको जित निकाल्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।