काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज (बिहीबार) २ खेल हुँदैछन्। लिगको आठौं चरणअन्तर्गत बिहीबार अन्तिम २ खेल हुन लागेका हुन्।
आज (बिहीबार) हुने २ खेलमध्ये एउटा दशरथ रंगशाला र अर्को खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज र फ्रेन्ड्सबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ।
७ खेलबाट १३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको चर्च ब्वाइज आज चौथो जितको खोजीमा हुनेछ। यस्तै, फ्रेन्ड्स क्लब भने दोस्रो जितको खोजीमा हुनेछ। ७ खेलबाट ४ अंक बटुलेर फ्रेन्ड्स क्लब अंक तालिकाको पुछारमा छ।
एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। पुलिस र थ्री स्टारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।
७ खेलबाट ४ अंक जोडेर अंक तालिकाको १३औं स्थानमा रहेको पुलिस आज दोस्रो जितको खोजीमा हुनेछ। थ्री स्टार भने चौथो जितको खोजीमा हुनेछ। ७ खेलबाट ११ अंक बटुलेको थ्री स्टार अंक तालिकाको आठौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।