काठमाडौं– खेलको अन्त्यतिर भएका २ आत्मघाती गोलका कारण म्यानचेस्टर युनाइटेड बराबरीमै रोकिएको छ। युरोपा लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पाहुना टोली स्पेनिस क्लब सेभिल्लासँग बराबरीमै रोकिएको हो।
खेलको १४ र २१ मिनेटमा गोल गर्दै म्यानचेस्टरले २–० को अग्रता बनाएको थियो। १४औं मिनेटमा बुर्नो फर्नान्डेसको पासमा मार्सेल सबित्जरले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए।
लगत्तै २१औं मिनेटमा एन्टोनी मार्टेलको पासमा सबित्जरले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफ म्यानचेस्टर २–० को अग्रता बनाएको थियो। तर दोस्रो हाफको अन्त्यतिर २ आत्मघाती गोलका कारण बराबरीमा रोकिन पुग्यो।
८४औं मिनेटमा टारेल मलमासिया र ९० मिनेटपछि अतिरिक्त समयमा ह्यारी मगुएरेले आत्मघाती गोल गरेपछि म्यानचेस्टर सेभिल्लासँग बराबरीमा रोकियो।
यो सँगै पहिलो लेग बराबरीमा सकिएको छ। समेफाइनल पुग्नका लागि दुबै टिमलाई जित्नै पर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।