काठमाडौं– उड्नेबित्तिकै इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतिर लागेको छ।
फ्लाई दुबईको एफ–जेट५७५ जहाज सोमबार राति ९ बजेर २१ मिनेटमा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको थियो। तर केही मिनेटमै इन्जिनमा आगो लागेको थियो।
इन्जिनमा लागेको आगो निभेपछि सु्रक्षित रुपमा गन्तव्यतिर लागेको पर्यटनमन्त्री सुदन किराँतीले बताएका छन्। उनले भनेका छन्, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा।’
विमानस्थलका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले आगो निभेपछि पनि यहाँ अवतरण नगराएर सुरक्षित गन्तव्यतिर पठाइएको जानकारी दिए। तर इन्जिनमा कसरी आगो लाग्यो भन्ने कुरा भने खुलेको छैन।
![fly dubai]1682353493.JPG](https://nepallive.net/uploads/posts/fly dubai]1682353493.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।