काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सानदार जित हासिल गरेको छ। बुधबार राति भएको खेलमा उपाधि होडमा रहेको सिटीले शीर्षस्थानको आर्सनललाई ४–१ गोलले हरायो।
सिटीको जितमा केभिन डि ब्रुएनाले २ गोल गरे। यस्तै, जोन स्टोन्स र एर्लिङ हालान्डले समान १–१ गोल गरे। आर्सनलका रोब होल्डिङले १ गोल फर्काए।
इतिहाद स्टेडियम खेलको सातौं मिनेटमा नै ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्सले अर्को गोल थपे।
खेलको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३–० गोलले अगाडि लाग्यो। ८६औं मिनेटमा भने आर्सनलका लियान्द्रो ट्रोसार्डको पासमा रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए। खेलको इन्ज्यूरी समयमा थप गरिएको पाँचौं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई ४–१ को सानदार जित दिलाए।
सिटीसँगको हारले आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ। शीर्ष स्थानको आर्सनलले ३३ खेलबाट ७५ अंक बनाएको छ। जबकि ३१ खेल मात्रै खेलेको सिटी आर्सनलभन्दा २ अंकले मात्रै पछाडि छ। आर्सनल ७३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।
अब सिटीले दुवै खेलमा जित निकालेमा आर्सनललाई ४ अंकले पछि पार्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।