काठमाडौं– स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ। इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै सोभिया युरोपा लिगको च्याम्पियन बनेको हो।
हंगेरीको बुडापेस्टमा बुधबार राति भएको फाइनलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुग्दा सोभिया बाजी मार्न सफल भयो।
पेनाल्टी सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे। रोमाका ब्रायन क्रिस्टान्टेले मात्रै गोल गर्न सके। जियान लुका मान्सिनी र रोजर इवानेज गोल गर्न चुके।
निर्धारित समयमको खेलमा भने रोमाले सुरुवाती अग्रता लिएको थियो। ३५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए। तर अग्रता जोगाउन सकेन।
५५औं मिनेटमा रोमाकैजियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो। ७५औं मिनेटमा सेभियाले पेनाल्टी पाए पनि भिएआरले पेनाल्टीको निर्णय खारेज गरिदियो। त्यसपछि निर्धारित समयमको खेल १-१ कै बराबीसमा सकियो भने ३० मिनेटको अतिरिक्त समयमा थप गोल हुन सकेन।
सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो। सन् २००६ मा पहिलोपटक युरोपा जितेको सेभिया त्यसपछि २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिगको च्याम्पियन बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।