काठमाडौं– १४ वर्षपछि रियल मड्रिडबाट बिदा भएका फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले साउदी क्लबसँग सम्झौता गरेका छन्। बेन्जिमाले साउदी क्लब अल इतिहादसँग सम्झौता गरेका हुन्।
३५ वर्षीय बेन्जिमाले इतिहादसँग ३ वर्षको सम्झौता गरेका छन्। बेन्जिमालाई कति मूल्यमा अनुबन्धन गरिएको हो भन्ने खुलाइएको छैन। इतिहाद साउदीको प्रो लिग च्याम्पियन क्लब हो।
बेन्जिमा सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल मड्रिडमा अनुबन्धन भएका थिए। रियलमा रहँदा बेन्जिमाले ५ वटा च्याम्पियन्स लिग र ४ वटा ला–लिगा उपाधी जितेका छन्।
रियलका कप्तानसमेत रहेका बेन्जिमाले यो सिजन कोपा डेल रे, क्लब वर्ल्डकप र यूईएफए सुपर कप जिते।
रियलमा रहँदा सबै प्रतियोगितामा गरेर २५ उपाधी जितेका छन्। रियलमा रहँदा उनले ६४७ खेल खेल्दै ३५३ गोल गरेका छन्। रियलका लागि रोनाल्डोपछि सबैभन्दा बढी गोल बेन्जिमाकै नाममा छ।
साउदी क्लब अल नासरमा रियलकै पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो समेत छन्। सायदी क्लब अल हिलालले अर्का स्टार खेलाडी लियोनल मेसीलाई समेत भित्र्याउने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।