फाइल तस्बिर
काठमाडौं– साफ च्याम्पियनसिप २०२३ का लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम टोली घोषणा भएको छ।
इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३ नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।
भारतमा २१ जुनदेखि हुने प्रतियोगिताका लागि युवा र अनुभवी खेलाडीको सम्मिश्रण गर्दै टोली घोषणा गरेको उनले बताए। नेपाली टोलीमा मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डरद्वय सिमान्त थापा र विमल पाण्डेले पहिलो पटक स्थान पाएका छन्।
नेपाल रहेको समूहमा भारत, कुवेत र पाकिस्तान छन्। समूह बीमा बंगलादेश, लेवनान, भुटान र माल्दिभ्स रहेका छन्।
नेपाली टोली:
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा
मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणीकुमार लामा, लाकेन लिम्बू, आभाष लामिछाने
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनीष डाँगी, आशीष चौधरी, विमल घर्तीमगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।