• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
परम्परागत धर्म निर्वाहमा अल्झिएको बजेट
विष्णुप्रसाद पौडेल आइतबार, जेठ २८, २०८०  १४:१९
1140x725

आर्थिक बर्ष २०८०/०८१ को बजेटका सम्बन्धमा आफ्नो विचार, विश्लेषण र दृष्टिकोण प्रस्तुत गर्न सम्मानित सदनको यस रोष्टममा उपस्थित भएको छु । 
१. सिद्धान्त, प्राथमिकता र नीति तथा कार्यक्रमसंग मेल नखाने बजेट : 
सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट अन्तरसम्बन्धित हुनुपर्ने हो । तर नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता अर्कोतिर र बजेट अझै अर्कोतिर फर्किएका छन् । यीनीहरु बीच कुनै तादात्म्य छैन । 
नीति तथा कार्यक्रममा उल्लेख गरिएका कैयौं कार्यक्रम र योजनाहरुलाई बजेटले वेवास्ता गरेको छ । ती योजना तथा कार्यक्रममा बजेट विनियोजन हुनु त परको कुरा स्मरण सम्म पनि गरिएको छैन । 
उदाहरणका लागि हिउँदमा ३० र बर्षायाममा ५० युनिट सम्म विद्युत निशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको छ । 

गेटा मेडिकल कलेजलाई दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रमको घोषणाबाट बजेट पछि हटेको छ र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेको छ । 

२. अर्थतन्त्रको समस्या पहिचान गर्न र समाधान दिन असफल बजेट : 
सभामुख महोदय, बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई वेवास्ता गरेको छ । अर्थतन्त्रका समस्या, चुनौती र संभावनालाई ठिक ढंगले पहिचान गर्न र समाधानका उपाय अघिसार्न सकेको छैन । 

२.१६ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर, ९.१५ प्रतिशतको कूल ग्राहस्थ उत्पादको बजारमूल्यमा आधारित मुद्रास्फितिदर, ७.५ प्रतिशतको उपभोक्ता मुद्रास्फितिदर, ५४ अर्ब भन्दा बढीको चालुखाता घाटा, चालु आर्थिक बर्षको अन्त्य सम्म करीव दुई खर्बको हाराहारीमा सञ्चितकोष ऋणात्मक हुने चिन्ताजनक अवस्था, ७.९६ प्रतिशतमा सिमित निजिक्षेत्रलाई प्रवाह हुने ब्यङ्किङ कर्जा, पछिल्ला दुई आर्थिक बर्षको पहिलो र दोस्रो त्रैमासिकको कूल ग्राहस्थ उत्पादनको ऋणात्मक वृद्धिदर, आर्थिक कृयाकलापमा संकूचन, रोजगारीको अवसरमा ठूलोमात्रामा ह्रास, आकासिँदो मूल्यवृद्धि लगायतका नकरात्मक आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्र मन्दीको मारमा परेको देखाइरहेका छन् । तर बजेटले यो यथार्थलाई स्वीकार गर्न र अर्थतन्त्रलाई पुनर्जिवन दिनका लागि रिभाईबल प्लान अघिसार्न सकेको छैन । 

बजेटले अर्थतन्त्रमा देखा परेको जतिलटम् परिस्थिति, समस्या र तिनिहरुका बीचमा चिन्ताजनक अवस्थामा रहेको बहुआयामीक अन्तरसम्बन्धलाई पहिचान गर्न सकेको छैन । अर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर माननीय अर्थमन्त्रीले अर्थतन्त्रमा लागको डढेलोलाई छोप्ने कोशिस गर्नुभएको छ । 

त्यतिमात्र होइन प्रस्तुत बजेटले मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रका समस्यालाई सामान्यीकरण गरेको छ । सरकारले लिएको पहलकदमीले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिन थालेको भनेर भ्रम छर्ने कोसिस गरेको छ । 

चालु आर्थिक बर्षको ३८.१२ प्रतिशतमा सिमित पुँजीगत खर्च, लक्ष्यको तुलनामा १० प्रतिशत भन्दा कमको वैदेशिक अनुदान परिचालन, गतबर्षको तुलनामा १२ प्रतिशत कम र लक्ष्यको तुलनामा ५६ प्रतिशतको राजश्व संकलनले सरकारको आम्दानी र खर्च गर्ने क्षमतको विश्वसनीयतामा गंभीर प्रश्न उठाएको छ । आगामी आर्थिक बर्षको कूल ग्राहस्थ उत्पादनको वृद्धिदर चालु आर्थिक बर्षको भन्दा कम प्रक्षेपण गरिनु र कूल विनियोजन गतबर्षको भन्दा कमहुनुले अर्थतन्त्रका उपलब्ध स्रोत साधनहरुलाई पूर्ण क्षमतामा परिचालन गर्न सरकार असक्षम छ भन्ने पुष्टि भएको छ । 

अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको अवस्थाले पनि हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने बताएको छ । २०७७ भदौमा नेप्से परिसूचक ३२०० पुगेको थियो । दैनिक २० अर्बको कारोबार हुन्थ्यो र बजारको पुँजीकरण कूल ग्रहस्थ उत्पादको हाराहारी अर्थात ४५ खर्ब पुगेको थियो । तर अहिले नेप्से परिसूचक १९५० को वरीपरी झरेको छ । दैनिक कारोबार २ अर्बको हाराहारीमा झरेको छ र बजार पुँजीकरण २८ खर्बको हाराहारीमा खुम्चिएको छ । तर सभामुख महोदय, पुँजीबजारको यस्तो नकारात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैन ।   

कूल ग्राहस्थ उत्पादनको आकारमा उल्लेखनीय विस्तार गर्ने, आम जनताको उपभोग क्षमता ÷ क्रयशक्ति बढाउने, ब्यक्तिगत तथा राष्ट्रिय बचतमा वृद्धि गर्ने, वाह्यक्षेत्र सन्तुलन कायम गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रहरुमा स्पष्ट लक्ष्य, उद्देश्य र योजना सहितका कार्यक्रम, त्यसका लागि आवश्यक नीतिगत घोषणा र स्रोतको ब्यवस्थापन बजेटमा छैन । यस्तो बजेटले समष्टिगत आर्थिक स्थायीत्व कायम गर्न र मुलुकलाई विकास, समृद्धि र सामाजिक न्याय तर्फ अघि बढाउन सक्तैन । 

३. स्रोत र खर्चको अनुमान विश्वसनीय र कार्यान्वयन योग्य छैन : 
चालु आर्थिक बर्षको जेठ १५ सम्म लक्ष्यको तुलनामा करीव ५६ प्रतिशत (८ खर्ब ५७ अर्ब) मात्र राजश्व संकलन भएको छ । यस्तो यथार्थलाई वेवास्ता गरेर एकातर्फ चालु आर्थिक बर्षमा लक्ष्यको तुलनामा ८४ प्रतिशत अर्थात ११ खर्ब ७८ अर्ब ८४ करोड राजश्व संकलन गर्ने संशोधित अनुमान गरिएको छ भने अर्कोतर्फ आगामी आर्थिक बर्षमा १४ खर्ब २२ अर्ब ५४ करोड (प्रदेश र स्थानीय तहमा हुने राजश्व बाँडफाँड समेत) राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । 

परम्परागत धर्म निर्वाहमा अल्झिएको, नयाँ भिजन नभएको र इच्छाशक्ति गुमाएको यस बजेटले प्रस्ताव गरे अनुरुप १४ खर्ब २२ अर्ब ५४ करोड राजश्वको लक्ष्य पुरा गर्ने कुनै संभावना छैन । 

चालु आर्थिक बर्षका लागि वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड र वैदेशिक ऋण २ खर्ब ४२ अर्ब प्राप्त गर्ने प्रक्षेपण गरिएको थियो । जबकी जेठ १९ सम्म वैदेशिक अनुदान जम्मा १४ अर्ब र वैदेशिक ऋण ६६ अर्ब मात्र प्राप्त भएको छ । अन्तराष्ट्रिय सहयोग सदुपयोग गर्ने सन्दर्भमा नेपालको निष्ठा र क्षमताप्रति विकास साझेदारहरुले विश्वास गर्न सकिरहेका छै्रनन् । यस्तो अवस्थामा आगामी आर्थिक बर्षका लागि प्रस्तावित ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान र २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणको लक्ष्य पुराहुने वस्तुनिष्ट आधार छैन । 

आगामी आर्थिक बर्षमा आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने प्रस्ताव गरिएको छ । बजेटमा प्रस्ताव गरिए अनुरुप आन्तरिक ऋण उठाउने हो भने बजारमा तरलता ब्यवस्थापनमा चुनौती थपिने छ र निजिक्षेत्रमा प्रवाह हुने कर्जा खुम्चिने छ । 
बजेट वक्तब्यमा उँचो स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक बर्षको चालु खर्चको संशोधित अनुमान १० खर्ब ४४ अर्ब छ । आगामी आर्थिक बर्षको चालु खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि प्रस्ताव गरिएको चालु खर्च ९७ अर्बले बढी छ । यसरी चालु खर्च घटाउने दावीलाई प्रस्तुत बजेटले खण्डन गरेको छ । 

चालु आर्थिक बर्षका लागि पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक बर्षका लागि ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएको छ । अर्थात चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षका लागि प्रस्ताव गरिएको पुँजीगत खर्चको विनियोजन ७८ अर्ब ३१ करोड कम छ । 

वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक बर्षमा उपलब्ध गराइने अनुदान चालु आर्थिक बर्षको तुलनामा ११.५९ प्रतिशत अर्थात रु. ५२ अर्ब ५० करोड न्यून प्रस्ताव गरिएको छ । 

चालु आर्थिक बर्षको तुलनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तर्फ ३० अर्ब, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय तर्फ २१ अर्ब, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तर्फ ७१ अर्ब कटौति गरिएको छ । 

विगत ६ बर्षमा कूल बजेटको औसत २० प्रतिशतको हाराहरीमा रहेको पुँजीगत खर्च तर्फको विनियोजन यसपाली १७ प्रतिशतमा झारिएको छ । 

बजेटमा एकातिर वित्तिय संघीयताको कार्यान्वयनमा जोड दिने भनिएको छ, अर्कोतीर प्रदेश र स्थानीय तहका लागि गरिने वित्तिय हस्तान्तरण चालु आर्थिक बर्षको तुलनामा २९ अर्ब ७५ करोड न्यून विनियोजन गरिएको छ ।  
 
यसरी यो बजेटको स्रोत ब्यवस्थापन र चालु तथा पुँजीगत खर्चका निमित्त गरिएको विनियोजन  अवास्तविक, अविश्वसनीय, अन्तरविरोधी र कार्यान्वयन हुन नसक्ने प्रकृतिका छन् ।  

४. आर्थिक वृद्धिको अनुमान नितान्त मनोगत : 
२०७४ को आम निर्वाचन पछि बनेको केपी ओली नेतृत्वको सरकारको ३ बर्षे कार्यकालमा औसत ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको थियो । त्यस अवधिमा नेपाल उच्च आर्थिक वृद्धिदर भएका संसारका १० मुलुकहरु मध्ये एक हुन सफल भएकोे थियो । तर अहिले चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको छ । 

यस्तो अवस्थामा बजेटले आगामी आर्थिक बर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । जबकी मुलुक यतिबेला आर्थिक मन्दीमा आइपुगेको छ । आर्थिक मन्दीको चुनौती सामना गर्ने र समग्र अर्थतन्त्रका समस्या समाधान गर्ने योजना र इच्छाशक्ति विनाको बजेटबाट आर्थिक वृद्धिदरको यो लक्ष्य हासिल हुने कुनै संभावना छैन । ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक पर्ने न्यूनतम लगानी सुनिश्चित नगरी मनोगत रुपमा गरिएको यो अनुमान पुराहुने कुनै संभावना छैन । 

एकातिर पुँजीगत खर्चका लागि चालु आर्थिक बर्षको भन्दा ७८ अर्ब ३१ करोड न्यून विनियोजन गर्ने र अर्कातिर ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गर्ने कुरा आफैमा विरोधाभासपूर्ण र अविश्वसनीय छ । 

५. प्रस्तावित कार्यक्रम र आयोजनाको आधार र औचित्य कमजोर :

बजेट सममाजवादको आधार तयार गर्ने संविधानद्वारा निर्दिष्ट उद्देश्यसंग असहमत छ । समाजवाद, समन्याय, राष्ट्रको समृद्धि र जनताको सुखलाई वेवास्ता गरेको छ । समृद्ध राष्ट्र, सुखी नेपालीको राष्ट्रिय आकाँक्षाबाट विमुख छ । 

बजेटले निजिक्षेत्र र सहकारी क्षेत्रको लगानीका लागि उपयुक्त वातावरण सृजना गर्न सक्नु पर्दछ । चालु आर्थिक बर्षको कार्यसम्पादन र यो बजेटको प्रस्तावलाई आधारमान्दा निजिक्षेत्रबाट अपेक्षा गरिएको ५५.६ प्रतिशत र सहकारी क्षेत्रबाट अपेक्षा गरिएको ५.४० प्रतिशत लगानी जुटाउन संभव छैन । त्यसैगरी सरकारी क्षेत्रबाट ५५.६ प्रतिशत लगानी हुने संभावना पनि देखिदैन । लगानीको अभावमा अर्थतन्त्रको उत्पादन र उत्पादकत्वमा अपेक्षा गरिएजस्तो वृद्धि हुन सक्तैन भन्न्ने स्पष्ट छ। 

यो बजेट सरकारको खर्च गर्ने क्षमता वृद्धिका कार्यक्रम अघि बढाउन र तदनुरुप स्रोत विनियोजन गर्न असफल भएको छ । चालु आर्थिक बर्षको राजश्व संकलन र पुँजीगत खर्चको ज्यादै कमजोर अवस्थाले सार्वजनिक वित्त क्षमताको आन्तरिक पक्ष पूर्णरुपमा असफल रहेको पुष्टि गरेको छ भने वाह्य अनुदान तथा ऋणको परिचालन पनि ज्यादै नगण्य हुनुले सरकारको कूल लगानी क्षमतमा गंभीर प्रश्न खडा भएको छ । निजिक्षेत्र र सहकारी क्षेत्रमा थप लगानी गर्ने उत्साह सिर्जना गर्न यो बजेटमा कुनै कार्ययोजना छ्रैन । कूल लगानी बढ्न नसक्नु, कूल उत्पादन बढ्न नसक्नु, कूल मागमा वृद्धि हुन नसक्नु र कूल बचतमा वृद्धि हुन नसक्नु जस्ता परिसूचकहरुले नेपाली अर्थतन्त्र ह्रासउन्मुख प्रवृतितर्फ जाने निश्चित छ । यो बजेट उत्साहको वातावरण सृजना गर्न भन्दा निरासा छर्न उद्धत छ भन्ने कुरा यसका प्रस्तावहरुले देखाएका छन्। 

बजेटमा निजिक्षेत्रका लागि पुँजी र प्रविधि उपलब्ध हुने, ब्यवसायी लागत कमहुने, उद्यमशीलता प्रवर्धनहुने, लगानीको उपयुक्त वातावरण सिर्जना हुनेगरी शासकीय सुधारको एकीकृत र विश्वसनीय योजना प्रस्तुत भएन । युवा पुस्ता लक्षित उद्यमशीलता प्रवर्धनका लागि भनिएका कार्ययोजनाहरु पनि स्रोतद्वारा समर्थित छैनन्। 

भौतिक पूर्वाधार निर्माण राष्ट्रिय विकासको लाइफलाईन हो । सडक, सिंचाई, उर्जा, प्रशारणलाईन, विमानस्थल लगायतका पूर्वाधारहरुको निर्माण, स्तरोन्नती तथा आधुनिकरणका आयोजनाहरुलाई तिब्रगतिमा सम्पन्न गर्दैजानु नेपालको आजको आवश्यकता हो । यसरी मात्र कृषि, उद्योग, पर्यटन जस्ता उत्पादन तथा सेवाक्षेत्रमा गतिशीलता आउँछ, आर्थिक कृयाकलापमा विस्तार हुन्छ, रोजगारीका अवसर सिर्जना हुन्छ, आम नागरिकको आम्दानी बढ्छ, बचत बढ्छ र पुनः लगानीका लागि स्रोत जुटाउन सहज हुन्छ । ठूला सडक, रेलमार्ग, सिंचाईका नदी पथान्तरण आयोजनाहरु, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्राम लगायतका पूर्वाधारहरुको निर्माणमा थप लगानी वृद्धिको माग भैरहेको छ । तर सरकारले भौतिक पूर्वाधार क्षेत्रको लगानी चालु बर्षकोभन्दा पनि घटाएको छ । 
यो बजेटले हाम्रो राष्ट्रिय आकाँक्षा निर्धारण गर्न सकेको छैन । विकास, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा नयाँ–नयाँ मानक स्थापित गर्दै अघि बढेको केपी ओली नेतृत्वको सरकारले हासिल गरेका सफलताको जगमा उभिएर अघि बढ्ने योजना र कार्यक्रम प्रस्ताव गर्न सकेको छैन । हिजोका उपलब्धीबाट पछाडी फर्किने, हिजोका उद्देश्य, लक्ष्य र लगानीलाई सिमिति गर्ने यो बजेटले देश र देशवासीको विकास, समृद्धि र सामाजिक न्यायको मागलाई सम्बोधन गर्न सक्तैन । 

बजेटले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि उत्पादनमा आत्मनिर्भर हुने उद्देश्यका साथ आरम्भ गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनालाई करीव निस्कृय पार्न खोजेको छ । निरोगी नेपालको राष्ट्रि«य स्वास्थ्य नीतिलाई विर्सिएको छ । स्वास्थ्य क्षेत्रमा आधुनिक पूर्वाधारहरुको विकासका लागि आधारभूत अस्पताल देखि विशिष्टकृत सेवा उपलब्ध गराउने विशेषज्ञ अस्पतालहरुको निर्माण र स्तरोन्नतीका आयोजनाहरुलाई निस्कृय बनाएको छ । स्वास्थ्य क्षेत्रको चालु आर्थिक बर्षको कूल विनियोजन ५.७ प्रतिशतबाट आगामी आर्थिक बर्षका लागि ४.८० प्रतिशतमा झारिएको छ । आम नेपालीको स्वास्थ्य उपचारको ग्यारेण्टी गर्नुपर्ने संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्ने जिम्मेवारीबाट सरकार विमुख भएको छ । सरकारले स्वास्थ्य विमाको कभरेज बढाउनु त परको कुरा, अस्पतालहरुलाई उपचार सेवा उपलब्ध गराएवापतको विमा रकमको सोधभर्ना समेत नदिएर आर्थिक संकटमा धकेल्ने काम गरेको छ।  

बजेटमा प्राविधिक, ब्यवासयीक र जीवनउपयोगी शिक्षका लागि कूनै थप कार्यक्रमहरु प्रस्ताव भएका छैनन् । सरकारी र निजि विद्यालयहरु बीचको शैक्षिक विभेद समाधान गर्ने कुनै कार्यक्रम आउन सकेका छैनन् । खानेपानी जस्तो आधारभूत सेवाको क्षेत्रमा समेत चालु आर्थिक बर्षको भन्दा १.६१ प्रतिशतले बजेट घटाएर सरकार असम्वेदनशील बनेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाईका क्षेत्रमा घटाइएको यो लगानीले आम नेपालीको जीवनस्तर र मानव विकास सुचकाँङ्कामा गंभीर नकारात्मक असर पार्ने छ भन्ने यथार्थतर्फ सरकार सचेत छैन। 

बजेटमा कुनै नयाँपन छैन । विगतका कार्यक्रमकै निरन्तरता छ । नाराको भीड छ । तर ती नारालाई कार्यान्वयन गर्ने कार्यक्रम र तदनुरुपको विनियोजन छैन।  

यी कार्यक्रमहरुका साथै कैयन् महत्वपूर्ण सडक, आधारभूत अस्पताल, बाँकी रहेको भूकम्प पछिको पुननिर्माण, विद्यालय भवन, औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम, हरेक प्रदेशमा निर्माण गरिने सरकारी स्वामित्वका मेडिकल कलेज आदिका लागि न्यून बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार र शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मानवीय विकासका कार्यक्रम तथा योजनाहरुमा गरिएको विनियोजन अत्यन्त न्यून र असन्तुलित छ।

विगतका प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम, तराईका जिल्ला सदरमुकामहरुको शहरीकरण कार्यक्रम, औद्योगिक क्षेत्रको पूर्वाधार, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम लगायतका कैयौं कार्यक्रम र आयोजनाहरुलाई यात हटाईएको छ या तीनको क्षमता कटौति गरिएको छ, यात विकृत तुल्याइएको छ या डाउन साइज गरिएको छ । बजेट गेम चेञ्जमा होइन, कार्यक्रम र आयोजनाको नेम चेञ्जमा रमाएको छ। 

विना अध्ययनका र वडा वा पालिकातहबाट कार्यान्वयन हुनुपर्ने प्रकृतिका साना–साना आयोजनाहरुमा बजेट छरिएको छ । विना अध्ययनका साना योजनामा बजेट विनियोजन गर्दिन, बजेट छर्दिन भन्ने माननीय अर्थमन्त्रीज्यूको प्रतिवद्धता खण्डित भएको छ। 

हरेक देशको विकासका विशिष्ट संभावना र आधार हुन्छन् । हाम्रो देशको विकासका लागि जलस्रोत, पर्यटन र कृषि जस्ता प्रचुर संभावनाका क्षेत्रहरु हुन् । तर यो बजेट नेपाली विशेषतको विकासका ऐजेण्डाबाट विचलित भएर गाँजा खेती तिर भौंतारिएको छ । ब्यवस्थापन क्षमतामा विश्वसनीय सुधार नगरी गाँजाखेती तिर लाग्ने हो भने यसले मुलुकलाई त्रासदीपूर्ण विपत्तितिर लतार्ने छ।  

विगतमा नेपाल आफैंले आफ्नो लगानीमा निर्माण गर्ने भनेर निर्णय गरेको, सस्तो लागत र अधिक प्रतिफल दिने फुकोट कर्णाली जलविद्युत आयोजना आयोजना विना प्रतिस्पर्धा विदेशी कम्पनिलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी उच्चबाँधमा आधारित, तुलनात्मक रुपमा बढी लागत हुने अरुण– ३ जलविद्युत आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत पाउने संझौता छ । तर यो आयोजनाका तल्लो तटिय क्षेत्रमा रहेको, रेगुलेटेड पानी पाउने र सस्तो लागतको लोअर अरुण मात्र २१ प्रतिशत विद्युत पाउने गरी विदेशी कम्पनिलाई हस्तान्तरण गरिएको छ । नेपालको हित भिक्टिम हुनेगरी यस प्रकारका संझौता गर्नुको कारण के हो ? 

हिजो खानी विभागद्वारा अध्ययन गरिएका र उपयुक्त ठानिएका स्थानबाट खानीजन्य पदार्थ उत्खनन् गर्ने र देशभित्र उपभोग गरेर बँचेको अवस्थामा निर्यात गर्ने प्रस्तावको विरोध गरेर नथाक्ने सत्ता गठबन्धका अर्थमन्त्रीज्यूले कुन आधारमा चुरेक्षेत्रको समेत उत्खनन् गर्ने र विदेश निर्यात गर्ने प्रस्ताव गर्नु भएको हो ? 

सरकार प्लास्टिकको झोला नियन्त्रणका लागि कागज वा कपडाको झोलाको प्रयोग गर्न प्रोत्साहन गर्ने भन्ने सतही पदावलीको प्रयोग गरेर प्लास्टिकजन्य प्रदुषण नियन्त्रण गर्ने जिम्मेवारीबाट पन्छिन खोजेको छ। 

बजेटले नागरिक पेन्सनको सस्तो कुरा गरेको छ । नागरिक पेन्सनका लाभग्राही को हुन् ? कार्यान्वयन मोडालिटि के हो ? त्यसका लागि स्रोत कहाँ छ ? यस्ता अनेकन् प्रश्नमा मौन रहेर अघि सारिएको नागरिक पेन्सन कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ भनेर विश्वास गर्ने आधार के हो ?    

बजेटले निर्माण सम्पन्न भएका राष्ट्रिय महत्वका सभाभवनहरुको नियमित मर्मत, संभार र प्रभावकारी सञ्चालनको उपयुक्त प्रवन्ध गर्ने जिम्मेवारीबाट पन्छिएर निरपेक्षरुपमा स्थानीय तहलाई हस्तान्तरण गर्ने गलत नीति अघि सारेको छ।  

निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको कार्यालय मातहतमा राख्ने प्रस्ताव स्वतन्त्र एवं निष्पक्ष निर्वाचन र लोकतान्त्रिक शासन प्रणालीको मर्म विपरित छ । यसले सम्वैधानिक प्रवन्ध अनुरुप स्वतन्त्र भूमिक निर्वाह गर्ने निर्वाचन आयोगको अधिकार र कर्तब्यमाथी अतिक्रमण गर्न दुरुत्साहन गरेको छ ।  

अर्थमन्त्रीज्यूले खर्च कटौतीका नाममा आर्थिक दायीत्व खासै नपर्ने तर मुलुकका लागि अत्यावश्यक दुग्ध विकास बोर्ड जस्ता संस्थाहरु खारेज गर्नुभएको छ । तर किन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत सबै तहका जनप्रतिनिधिहरुको सबै प्रकारको भत्ता कटौती गर्ने आँट गर्नु भएन ? 

मैले आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दा सञ्चार माध्यम तथा जनस्तरको आलोचना र विगतको अनुभवबाट शिक्षा लिएर निर्वाचन क्षेत्र पूर्वाधार विसका कार्यक्रम रद्ध गरेको थिएँ । यो बजेटले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा उक्त कार्यक्रम पुनः शुरु गरेको छ । माननीय अर्थमन्त्रीज्यू प्रत्येक निर्वाचन क्षेत्रका साथै समग्र देशको सन्तुलित विकासका लागि समन्यायीक मापदण्डका आधारमा बजेट विनियोजन गर्ने दायीत्वबाट पन्छिनु भएको छ । साँसदहरु समग्र देश र आफ्नो निर्वाचन क्षेत्रको समेत विकास प्रयासलाई मार्गदर्शन गर्ने सार्वभौम जनताका प्रतिनिधिहुनुहुन्छ भन्ने मान्यतालाई कमजोर पार्नु भएको छ । साँसदहरुले प्रत्येक निर्वाचन क्षेत्र सहित समग्र देशको विकासका प्रश्नमा निर्णयाधिकार खोज्नुभएको हो भन्ने यथार्थलाई वेवास्ता गर्नुभएको छ ।  
 
अर्थमन्त्रीज्यृले साँसदहरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नु भएको छ । मैले त चाँहदैनथें तर बाध्य भएँ भनेर माननीय सदस्यहरुलाई अपमान गर्नु भएको छ । संघीय संसदका माननीय सदस्यहरुको माग प्रत्येक निर्वाचन क्षेत्र र समग्र देशको सन्तुलित र समन्यायीक विकास हो भन्ने यथार्थलाई छोप्न खोज्नु भएको छ । 

त्यसर्थ मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका निमित्त संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा विनियोजन गरिएको ५ करोड बजेट सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा सम्बन्धित मन्त्रालय मार्फत खर्च गर्ने ब्यवस्था गर्नुहुन माननीय अर्थमन्त्रीज्यूलाई आग्रह गर्दछु । 

७. आर्थिक ऐनमा संशोधन प्रस्ताव :
ब्यक्तिको क्रयशक्ति घटेको र निजिक्षेत्रको लगानी संकूचित भइरहेको प्रतिकूल अवस्थामा अधिकाँश वस्तुमा कर लगाउने वा बढाउने नीतिले आम नागरिक, विशेषरुपमा निजिक्षेत्रलाई निराश र हतास तुल्याएको छ । राजश्व वृद्धि गर्न करको प्रतिशत बढाउने भन्दा पनि उत्पादन र करको दायरा बढाउने कुरामा जोड दिनु पर्दछ भन्ने मान्यतलाई प्रस्तुत बजेटले वेवास्ता गरेको छ । 

नेपालमा धेरै आयात हुने तुलनात्मक रुपमा कम किलोवाट क्षमताका र सार्वजनिक विद्युतीय सवारी साधनमा भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय सवारी साधनको भन्सार तथा अन्तशुल्क घटाउने प्रस्तावको औचित्य पुष्टि गर्न माननीय अर्थमन्त्रीलाई आग्रह गर्दछु । विद्युतीय सवारी साधनको भन्सार तथा अन्तशुल्कलाई ¥यासनलाईज गरिएको अर्थमन्त्रीज्यूको दावीलाई तथ्यले गलत सावित गरिदिएको छ । 

विद्युत खपत बढाउन, पेट्रोलियम पदार्थको आयात संगै ब्यापार घाटा कम गर्न र वातावरण संरक्षण गर्न प्रतिकूल हुने यस्तो निर्णय किन गर्नु परेको हो ? स्पष्ट गर्न माग गर्दछु । 

एकातिर विद्युतीय सवारी साधनमा कर परिवर्तन हुनु र अर्कोतिर जेठ १५ को ठिक अगाडी करीव ११०० विद्युतीय सवारी साधन भित्रिनुलाई संयोग मात्र हो भनेर चित्त बुझाउन मिल्छ सभामुख महोदय ? 

त्यसरी नै महंगा मोटरसाईकलको कर घटाउने र अधिकाँशले प्रयोग गर्ने कम मूल्यका मोटरसाईकलको कर बढाउने निर्णय पनि आधारहिन र अनुचित छ । 

शिक्षा सेवा शुल्क २ प्रतिशतको सट्टामा ३ प्रतिशत लगाएको छ । पहिला वैदेशिक पर्यटन शुल्क थिएन, अहिले ५ प्रतिशत लगाएको छ । बैंकको डिपोजिटबाट प्राप्त हुने ब्याजमा पहिला ५ प्रतिशत आयकर थियो, अहिले ६ प्रतिशत बनाईएको छ । कर सम्बन्धि यी प्रस्तावहरु पनि हचुवा प्रकृतिका छन् । 

निरपेक्षरुपमा मूल्य अभिवृद्धिकरका १७० र अन्तशुल्कका ३४० प्रकारमा छुटहरु खारेज गरेर उद्योग ब्यवसाय र उपभोक्ता मूल्यमा पर्ने नकारात्मक असरलाई वेवास्ता गरिएको छ । 

बजेटमा राजश्व चुहावट नियन्त्रण गर्ने कार्यक्रम र योजना आएन । ४९.९ प्रतिशतको अनौपचारिक क्षेत्रलाई औपचारिक दायरामा ल्याउने कुनै नीति र योजना प्रस्तुत भएन । यस बजेटबाट अनौपचारिक अर्थतन्त्रको आकार अझ धेरै बढ्ने जोखिम थपिएको छ । 

स्वाथ्यका लागि हानीकारक सूर्तीजन्य, मदिराजन्य वस्तुतहरु र विलासिताका वस्तुहरुको न्यूनदरमा कर वृद्धि गरिनुको आधार औचित्य अर्थन्त्रीज्यूले प्रस्तुत गर्न सक्नु हुन्छ ? 

कृषि सामाग्रीमा कर लगाने ब्यवस्थाले साना किसान मर्कामा परेका छन् । आलु, प्याज जस्ता सामानमा भ्याट लगाएर भान्सालाई महंगो बनाइएको छ । उखुको चिनीमा पहिला ४० प्रतिशत भन्सार थियो, अहिले ३० बनाइएको छ । यो निर्णयले चिनि उद्योगहरु बन्द हुने संभावना बढेको छ । 

जुत्ताको तलुवा र हिलमा पहिला १० देखि १५ प्रतिशत भन्सार थियो, अहिले २० प्रतिशत बनाइएको छ। यस् निर्णयले लागत बढ्ने छ र जुत्तामा आत्मनिर्भर हुँने संभावना कमजोर हुँदै जानेछ । 

पहिला सुनको भन्सार प्रति दशग्रामको दरले लाग्ने गरेकोमा अहिले मूल्यको १५ प्रतिशत कायम गरिएको छ । यसबाट न्यून विजकीकरण हुने संभावना बढेको छ । 

अनएसेम्बल्ड अवस्थाका टेलिभिजन सेटको भन्सार महशुल ३० बाट २० प्रतिशत कायम गरिएको छ । 

पाँचतारे होटललाई २ प्रतिशत विलासिता कर लगाएर थलापरेको वा भरखर तङ्ग्रिन कोसिस गरेको पर्यटन ब्यवसायीको घाउमा नुनचुक दलेको छ । हवाई भाडामा मूल्य अभिवृद्धि कर लगाएर हवाई यात्रा महँगो बनाएको छ । नेपालबाट उडान भर्ने तर नेपालबाहेकको मुलुकबाट हवाई टिकट खरिद गर्ने यात्रुबाट मूल्य अभिवृद्धिकर कसरी उठाइन्छ ? स्पष्ट छैन । 

सहकारी संस्थाहरुमा झाँगिदै गएको बेथिति नियन्त्रण गर्न र सहकारीको भूमिकालाई प्रभावकारी बनाउन सहजीकरण र नियमनको प्रभावकारी कानुनी प्रवन्ध गर्नुको साटो सहकारी ऐन, २०७४ अनुरुप सहकारीलाई दिइदै आएको आयकरको छुट सुविधा हटाइएको छ । 

संशोधित अनुमानको तुलनामा राजश्व वृद्धिको लक्ष्य २४.३७ प्रतिशत अनुमान गरिएको छ । तर भन्सार, भ्याट, अन्तशुल्क, आयकर, गैरकर लगायत सबै प्रकारका करहरुमा समानरुपमा २४.३७ प्रतिशत वृद्धिको लक्ष्य निर्धारण गरिनुलाई के भन्ने ? यसलाई कर प्रस्ताव सम्बन्धमा गरिएको हचुवा, आधारहिन र भद्दा अभ्यास भन्ने कि के भन्ने सभामुख महोदय ? 

बजेटको कर प्रस्ताव प्रति निजि र सहकारी क्षेत्र असन्तुष्ट छ । उद्योगी, ब्यवासायी, होटल तथा पर्यटन क्षेत्र, शेयर बजारका लगानीकर्ता, सिनेकर्मि लगायत अर्थिक क्षेत्रका सबै संस्था वा ब्यक्ति असन्तुष्ट छन् । सरकारको कर प्रस्तावका सम्बन्धमा असन्तुष्टि, असहमती, विरोधका स्वरहरु चर्किन थालेकाछन् । असन्तुष्टि दवाव र आन्दोलनमा बदलिँदै छ । तर सरकारले करदाताको आलोचना, असन्तुष्टि र विरोधलाई वेवास्ता गर्ने कोसिस गरिरहेको छ । 
अर्थतन्त्र सिङ्गो नेपाल र आम नेपालीको सर्वाधिक चासो र चिन्ताको बिषय हो । बजेटको गैरजिम्मेवार प्रस्तुती देश र देशवासीका लागि भयानक प्रत्यूपादक हुन सक्छ । चुनौति नचिनेको, सामाधानको विकल्प नदिएको र रिभाईबल प्लान बिनाको यो बजेट यही रुपमा पारित गर्ने र कार्यान्वयनमा लैजाने हो भने नेपाली अर्थतन्त्रमा विद्यमान समस्याहरु झन् धेरै विकराल बन्दै जानेछन् । 

बजेट निर्माणको सिद्धान्तका दृष्टिले, मुलुकको अर्थतन्त्रका समस्यालाई चिन्ने र समाधानको प्रस्ताव अघिसार्ने जिम्मेवारीका दृष्टिले, स्रोत ब्यवस्थापन वा खर्च प्रस्तावका दृष्टिले, करको दर वा दायरा सम्बन्धि प्रस्तावको औचित्यका दृष्तिले अर्थात कुनै पनि दृष्टिले प्रस्तुत बजेट समर्थन गर्न लायक छैन ।

प्रतिपक्षको कुरा छाडौं सभामुख महोदय, सत्ता गठवन्धनका नेता तथा माननीय सदस्यहरुले समेत तथ्य र तर्क सहित यस बजेटको आलोचना र विरोध गर्नु भएको छ । यही रोष्टममा उभिएर प्रस्तुत बजेटलाई समर्थन गर्न नसकिने भनिसक्नु भएको छ। 
तसर्थ, यस बजेटलाई अस्वीकृत गर्न सम्माननीय सभामुख महोदय मार्फत सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु। 

(पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष पौडेलले आइतबार प्रतिनिधि सभामा बजेटलाई लिएर गरेको समिक्षाको पूर्णपाठ)
 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्