काठमाडौं– फिफा यू–२० पुरुष विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ। सोमबार बिहान अर्जेन्टिनामा भएको फाइनल खेलामा इटालीलाई १–० गोलले हराउँदै उरुग्वे यू–२० च्याम्पियन बनेको हो।
उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे। रोड्रिगेजले खेलको ८६औं मिनेटमा गोल गरेका थिए।
उरुग्वेले पहिलोपटक यू–२० विश्वकपको उपाधि उचालेको हो। यसअघि दुई पटक पाइनलमा पुगेपनि उपविजेतामा सीमित भएको थियो।
उरुग्वेले पहिलोपटक उपाधि उचाल्दा पहिलोपटक यू–२० विश्वकपको फाइनल प्रवेश गरेको इटाली उपविजेता बन्यो।
अहिलेसम्म अर्जेन्टिनाले सबैभन्दा धेरै ६ पटक यू–२० विश्वकपको उपाधि जितेको छ। यस्तै, ब्राजिलले ५ पटक उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।