काठमाडौं- साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपाल १-० ले पछि परेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपाल कुवेतसँग १-० ले पछि परेको हो।
कुवेतका लागि क्याप्टेन खालिद हजियाले गोल गरे। कर्नर किकमार्फत वाउन्स हुँदै आएको बललाई छातीमार्फत हजियाले जाली चुमाएका थिए।
१४औं संस्करणको साफको पहिलो खेलमा नेपालले आमन्त्रित टिम कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ। यो खेल भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।