• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
रास्वपाको एक वर्ष: ‘लोकरिझ्याइँ’मै रमाउने कि विधिमार्फत् परिवर्तन खोज्ने?
64x64
शिरोमणि ढुङ्गाना बिहीबार, असार ७, २०८०  १९:३८
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको औपचारिक सुरुवात भएको एक वर्ष पुगेको छ। यो छोटो राजनीतिक यात्रामै सत्तापक्ष हुँदै ‘रचनात्मक प्रतिपक्षी’को भूमिकामा पुगेको यो पार्टीले आगामी दिनमा आफूलाई परम्परात र ठूला दलहरुभन्दा पृथक रुपमा उभ्याउला वा उस्तै बाटो समाउला? यो प्रश्नको जवाफ रास्वपाका नेताहरुको भाषणमा होइन, उनीहरुको कार्यसम्पादन र गतिविधिहरुले प्रतिबिम्बित गर्दै जानेछ।

सबैभन्दा पहिला चर्चा गरौं रास्वपाको उदयको। यो दलको उदय अहिंसात्मक छ। मतदातामा अपिल निर्माण गरेर नै स्थापित भएको दल हो, रास्वपा। यो दलको निर्माणको सबैभन्दा ठूलो आधार सिद्धान्त वा भिजनभन्दा पनि परम्परागत दलहरुबाट सिर्जित कुशासनको दुष्चक्र को विरोध नै हो। गिरोहतन्त्र चलाइरहेका ठूला दलहरुसँग आजित जनताले ती दलहरुको विकल्पमा उदाउने आशा राखेको राजनीतिक शक्ति हो, रास्वपा। सिद्धान्त र आदर्श मानकहरु बनाउनको लागि त यो दल अझै संघर्ष गर्दैछ।

स्वभाविक थियो, परम्परागत दलका नेताहरुका कारण नेपाली समाजमा लोकतन्त्र कमजोर हुँदै छ। गिरोहतन्त्रले जरा गाडेको छ। विसंगति, भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद र अन्य विकृत अभ्यासहरु संस्थागत हुँदै गएका छन्। टेलिभिजन कार्यक्रममार्फत् जनस्तरमा लोकप्रियता आर्जन गरेका रास्वपाका सभापति रवि लामिछानेको लागि यी सबै अवस्था राजनीतिमा स्थापित हुनको लागि एउटा मौका थियो। त्यो मौकाको सदुपयोग गर्न उनी दत्तचित्त देखिन्छन्।

आफैं पपुलिजमको मनोग्रन्थीबाट ग्रसित पुराना दल, पुराना दलभित्र सुधार चाहिरहेका र पुराना दलहरुबाट लाभ लिएकाहरुले नयाँ शक्तिको रुपमा उदाएको रास्वपालाई पपुलिस्ट अर्थात् लोकरिझ्याँइवादीको रुपमा आलोचना गर्दैछन्।

उनी भाषणहरुमा चर्को सुनिए। नेपाली कांग्रेस, नेकपा एमाले वा माओवादी केन्द्रभित्र सुधारका आवाज उठाउनेहरुलाईभन्दा रास्वपा र रवि लामिछानेलाई एउटा सुविधा थियो– नयाँ दल भएका कारण उनले दलका पुराना नेताहरुले सुरु गरेका विकृति र कुशासनको भारी बोक्नु परेन। यस कारण उनलाई चर्को विरोध गर्न पाउने सुविधा प्राप्त भयो। पुराना दलहरुले सुध्रने वाचा गर्ने तर कार्यशैली सधैं उस्तै राख्ने गरेको देखेर आजित भएका मतदाताहरुले उनलाई पत्याइदिए। यो उनको सफलता हो।

तर पुराना दलहरु र ती दलबाट लाभ लिइरहेकाहरुलाई रास्वपा र त्यसका अध्यक्ष लामिछानेले आर्जन गरेको सफलताको प्रशंसा गर्न सहज हुने कुरै भएन। प्रारम्भिक चरणमै मतदातामाझ रुझान सिर्जना गर्न सफल एउटा नेताको खुला स्वागत र प्रशंसा प्रतिस्पर्धी राजनीतिक दलहरुबाट आशातित पनि हुन्न। त्यसपछि उनीमाथि पनि प्रत्याक्रमण सुरु भयो। रास्वपाको उदयसँगै नेपाली राजनीतिमा दुई वटा शब्दहरु चर्चामा रह्यो– पपुलिजम अर्थात् लोकरिज्याँइ र स्टन्ट।

बहसमा पपुलिजम
आफैं पपुलिजमको मनोग्रन्थीबाट ग्रसित पुराना दल, पुराना दलभित्र सुधार चाहिरहेका र पुराना दलहरुबाट लाभ लिएकाहरुले नयाँ शक्तिको रुपमा उदाएको रास्वपालाई पपुलिस्ट अर्थात् लोकरिझ्याँइवादीको रुपमा आलोचना गर्दैछन्।

पुराना दलका केही नेता तथा समर्थकहरु रास्वपाको पक्षमा देखिएको जनलहरबाट अत्तालिएको प्रतीत हुन्छ। उनीहरुको आलोचना रास्वपा र त्यसका अध्यक्ष मात्र होइन, मतदातासँग पनि पुगेको देखियो। फलतः कतिपयलाई पपुलिजमको रोग लाग्यो, र कतिपयलाई विवेकहीन अलाप लाग्यो। यो एक वर्षमा पुराना दलहरु आफ्नो कार्यशैली सुधार्न कम र नयाँ राजनीतिक शक्ति समाजको लागि हितकर छैन भन्ने कथ्य निर्माण गर्न ज्यादा समय खर्चिएको जस्तो देखिन्छ। जनताको चरम निराशालाई सम्बोधन गर्ने दायित्वबाट भाग्दै पुराना राजनीतिक दलहरु नयाँ शक्तिलाइ पपुलिस्ट उपमा दिएर पन्छिने प्रवृत्ति देखिन्छ। स्वभाविक छ, पुराना दलहरुको यो रणनीतिको लाभ रवि लामिछाने र रास्वपाले नै पाउने छ।

परम्परागत दलहरुले निम्त्याएका विकृति, भ्रष्टाचार र कुशासनबाट आजित लाखौं मतदाताहरुका निम्ति वैकल्पिक शक्तिको रुपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले चर्का भाषणबाजीभन्दा कामबाट नै सुशासन र परिवर्तनको प्रत्याभूति दिनुपर्ने चुनौती छ। 

आफ्नै कार्यशैली, भ्रष्ट आचरण, गुटतन्त्र र लुटबाट विश्वसनियता गुमाएका पुराना दलका नेताहरुकोभन्दा आजको समाजमा रवि लामिछानेकै अपिल ज्यादा भरोसायोग्य मानिन्छन्। यो अतिरञ्जना होइन। यो रास्वपाको समर्थन पनि होइन। यो वास्तविकता हो। र आजको अवस्थामा यो वास्तविकतालाई कतिले खुला स्वीकार गर्छन् भने कतिले मौन रुपमा।

त्यसो भए के रास्वपा पपुलिजमबाट पुलकित छ भन्ने आरोप आधारहीन हो? होइन। यो दलले बाँडेका आश्वासनहरु, देखाएका सपनाहरु र गरेका वाचाहरु नै यो दलको पपुलिस्ट रुझानको प्रमाणको रुपमा देखिन्छन्।

आमजनतालाई सपनाहरु देखाइरहँदा रास्वपाले ध्यान दिनुपर्छ, इतिहासको कुनै कालखण्डमा यस्तै वाचाहरु कांग्रेस, एमाले र माओवादीले पनि बाँडेका थिए। मुलरुपमा सत्ता बाहिर रहँदा दिइने ठूला आश्वासन, रुमानी सपनाहरु र चर्का विद्रोही स्वरलाई सम्बोधन गर्न नसक्दा समाज झनै छिटो निराशामा जानसक्छ।

विधिहरुमार्फत् अनुशासन
वैशाखको उपनिर्वाचनको क्रममा रास्वपाबाट तनहुँ–१ मा प्रतिस्पर्धा गर्दै गरेका डा स्वर्णिम वाग्लेले रास्वपा अध्यक्ष लामिछानेको देश विकासको हुटहुटीलाई बीपीको जस्तै हुटहुटी भन्ने टिप्पणी गरेका थिए। लामो समय नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियालेका वाग्लेलाई पक्कै पनि थाहा छ– आजको समयमा जनतामा गरिएका वाचाहरु पूरा गर्न हुटहुटी र ऊर्जा अनिवार्य शर्त हो तर पर्याप्त होइन।

इतिहासमा पटक–पटक लोकतान्त्रिक आन्दोलनमा होमिएका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग त हुटहुटी र ऊर्जा मात्रै थिएन, त्याग र समर्पण पनि थियो। बीपीकै संगत गरेका, बीपी वा पुष्पलालका आदर्श पछ्याएका, लोकतान्त्रिक संघर्षको दौरानमा जनताको घर–घरमा पुगेर दुःखका पहाडहरु नियालेका, र कठोर जेल जीवन भोगेका कांग्रेस र एमालेका नेताहरु आज कुशासनको बिम्ब बन्लान् भन्ने त्यो बेलाको नेपाली समाजलाई लागेको थियो होला?

धेरै पर जानै पर्दैन, २०५२ सालमा माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा राखेका मागहरु र ‘ज्यान दिन तयार’ भएर युद्धमा लागेका नेताहरुमा कम्ति हुटहुटी थियो होला? कम्ति ऊर्जा थियो होला? भारतसँग ‘सुरूङ युद्ध’ नै छेड्ने उद्घोष गर्ने माओवादी नेतृत्व कम्ती राष्ट्रवादी सुनिन्थ्यो होला? आज अवस्था के छ? शान्ति प्रक्रियापछि माओवादी नेताहरु कसरी धन आर्जनमा लागे, कसरी नेतृत्वको वरिपरि पुगेका आसेपासेहरुको जीवनस्तरमा अकल्पनीय सुधार आयो? ‘चप्पल लगाएर काठमाडौं छिरेका’हरु कसरी रातारात अर्बपति बने? र कसरी भ्रष्टाचारको चास्नीमा चुर्लुम्म डुबे?

यी सबै घटनाक्रम चर्चाका लागि मात्र होइनन्। यसबाट पाठ सिक्ने हो भने लामिछाने र रास्वपाले आजबाट नै त्यस्ता विधिहरु तय गर्नुपर्छ, जसले अबको केही वर्षपछि अहिलेका पुराना दलका नेताहरुजस्तै रास्वपाका नेताहरुलाइ कुशासनको दुष्चक्र प्रवर्द्धन गर्ने खलपात्रको रुपमा चित्रित गर्न रोकोस्।

त्यो कसरी सम्भव छ? पारदर्शीता र जवाफदेहीताका सन्दर्भमा निर्मम विधिहरुमार्फत्। रवि लामिछानेको हुटहुटी, डा स्वर्णिम वाग्लेको प्रतिबद्धता, मनिष झाको तर्क, सन्तोष परियारको समाज बुझाइ अनि सुमना श्रेष्ठको परिश्रम आदिले मात्र दललाई गलत गर्नबाट रोक्न सक्दैन।

अन्यथा नेपाली कांग्रेस वा एमालेभित्र पनि एउटा ठूलै समूहमा व्यक्तिगत निष्ठा नभएको हो र? तर पनि किन स्वयं रास्वपा ती दलहरुभित्रको भ्रष्टाचारको विरोध गर्दै राजनीति गर्नसक्ने ठाउँमा छ? 

जवाफ स्पष्ट छ, केही व्यक्तिहरुको उर्जा, हुटहुटी र प्रतिबद्धताले मात्र विकृति रोक्न सम्भव छैन। यसका लागि विधिहरु तय गर्नुपर्छ। यसको सुरुवात दलमा हुने ‘पोलिटिकल फाइनान्सिङ’ अर्थात् दलमा आउने सहयोगको पारदर्शीताबाट हुनुपर्छ। यो निर्वाचन आयोगमा उम्मेदवारहरुले बुझाउने निर्वाचन खर्चजस्तो झुटो दस्तावेजको सार्वजनिकीकरण हुनहुन्न। केवल औपचारिकताका लागि हुनुहुन्न।

रवि लामिछानेको हुटहुटी, डा स्वर्णिम वाग्लेको प्रतिबद्धता, मनिष झाको तर्क, सन्तोष परियारको समाज बुझाइ अनि सुमना श्रेष्ठको परिश्रम आदिले मात्र दललाई गलत गर्नबाट रोक्न सक्दैन। अन्यथा नेपाली कांग्रेस वा एमालेभित्र पनि एउटा ठूलै समूहमा व्यक्तिगत निष्ठा नभएको हो र?

त्यस्तै दलको नेतृत्वमा आउन चाहनेहरुको नेतृत्वमा आउँदा–आउँदै सम्पत्ति सार्वजनिक गर्ने प्रक्रिया र नेताको सहयोगी र आसेपासेहरुमार्फत् हुने विचौलियागिरी रोक्न रास्वपाले कस्तो विधि तय गर्छ भन्ने कुराले यो दल भविष्यमा परम्परागत दलहरुभन्दा फरक उभिन्छ वा उभिँदैन भन्ने निधो गर्ने छ।

कांग्रेस, एमाले वा माओवादीको जस्तो त्याग, आन्दोलन र निष्ठाका विरासतहरु रास्वपामा स्वभाविक रुपमा कम हुन्छन्। यो दललाई जोगाउने नै जनपक्षीय विधीहरुको घोषणा र त्यसको कठोर कार्यान्वयनले हो।

नबिग्रियोस् रास्वपा
सम्भवतः आज धेरैको चिन्ता पुराना दलहरुले सुध्रनैपर्छ भन्ने दबाब महसुस नगर्दै रास्वपा बिग्रिएला भन्ने हो। केही संकेतहरु राम्रा छन्। केही संकेतहरु त्यति राम्रा छैनन्।

रास्वपाको नेतृत्वले ध्यान दिनैपर्छ, रास्वपामा प्रवेश गर्ने सबै पुण्य सोचेर आउँदैनन्, स्वार्थका चाङहरु पनि आउँछन्। रास्वपा यही समाजको अर्को एउटा राजनीतिक दल हो। समाजमा देखिने तमाम विकृति, स्वार्थ समूहहरुको दबाब र शक्ति आर्जनको लागि राजनीतिलाई हतियार बनाउन चाहने तत्वहरुले कांग्रेस, एमाले र माओवादीमा मात्र प्रभाव पार्न खोज्दैनन्। ती रास्वपामा पनि प्रभाव विस्तार गर्न चाहन्छन्। कांग्रेस, एमाले वा माओवादी केन्द्रमा हुँदा ती व्यक्तिहरु खराब हुने र रास्वपा प्रवेश गर्नेबित्तिकै नैतिकवान् हुने भन्ने हुँदैन। एउटा दल शक्तिशाली हुँदै जाँदा लोभलाभ, शक्तिआर्जनको भोक राख्नेहरु, विचौलिया, ठेकेदार लगायत देशको राजनीतिमा विकृति निम्त्याउने तमाम पात्रहरु पनि रास्वपामा मिसिँदै जान्छन्। 

रास्वपाले लय गुमाउँदा आज काठमाडौंका मेयर बालेन शाहले भने जस्तै ‘नयाँ पुराना सबै चोर हुन्’ भन्ने कथ्य स्थापित हुनसक्छ। पुराना दलहरुलाई नसच्चिए पनि हुनेरैछ भन्ने मनोबल पुग्छ। जसले नेपाली जनताको आशामा थप कुठाराघात गर्छ। 

रास्वपाभित्रै उदाहरण छ, स्थापनाको एक वर्षमा नै अमुक व्यापारीसँग पैसा मागेको आरोपमा यो दलले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिसकेको छ। यही दलका कतिपय सांसदहरुलाई सुविधा नपुगेको गुनासो छ। कतिपय सांसदहरुमा ‘राष्ट्रवाद’को भोक जागिसकेको छ। कतिपयलाई मुद्दाभन्दा आफूलाई केन्द्रमा राखेर खेलिने ‘भिक्टिम कार्ड’ प्यारो छ। यी भए, कार्यशैली र दलको नेतृत्वमा पुगेपछि देखिएका केही अवलोकन।

यीबाहेक सैद्धान्तिक तहमै अस्पष्टताहरु छन्। एकातिर यो दल संवैधानिक समाजवाद भन्छ। यसको सिधासिधा अर्थ लाग्छ– यो दलले संविधान मान्छ र यसको कार्यान्वयन गर्छ। यसलाई आदर्श मानेको छ। अर्कोतिर यही दलसँग यही संविधानले तय गरेको शासकीय स्वरुपमै विमति छ। खासगरी प्रदेश संरचनाको सन्दर्भमा यो दलको विमति प्रष्टै देखिन्छ। प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाको सन्दर्भमा फरक मत देखिन्छ। आदर्श मानेको दस्तावेजको मूलमर्ममै विमति राख्ने कस्तो सैद्धान्तिक स्पष्टता होला?

रास्वपाको अहिलेको नेतृत्वले मतदाताको टाउको गन्ने र त्यसमै मग्न हुने राजनीतिबाट बाहिर निस्किएर यी तमाम पक्षहरुको व्यवस्थापनमा पनि ध्यान दिँदा सबैभन्दा बढी लाभ रास्वपालाई नै हुने देखिन्छ। जुनसुकै दल भए पनि सार्वजनिक संस्थाको रुपमा रहने एउटा राजनीतिक दलले सुधारका अजेण्डाहरु ल्याउँदा त्यसको लाभ नेपालको समग्र राजनीतिक क्षेत्र र जनतामा पुग्ने कुरामा दुई मत हुने कुरै भएन। रास्वपाले लय गुमाउँदा आज काठमाडौंका मेयर बालेन शाहले भने जस्तै ‘नयाँ पुराना सबै चोर हुन्’ भन्ने कथ्य स्थापित हुनसक्छ। पुराना दलहरुलाई नसच्चिए पनि हुनेरैछ भन्ने मनोबल पुग्छ। जसले नेपाली जनताको आशामा थप कुठाराघात गर्छ। 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिरोमणि ढुङ्गाना
लेखकबाट थप
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड मंगलबार, असार १७, २०८२
आगराको ताजमहलसहित धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ मंगलबार, असार १७, २०८२
मुकुल ढकालको रिटमा पेशी सर्‍यो मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्