काठमाडौं- भारतमा जारी साफ च्याम्पियनसिपमा शनिबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल घरेलु टोली भारतसँग खेल्न लागेको हो।
प्रतियोगिताको पहिलो खेलमा नेपाल कुवेतसित पराजित भएको थियो। आमन्त्रित टिमको रुपमा साफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी कुवेतसँग नेपाल ३-१ गोल अन्तरले पराजित भएको थियो।
नेपाल साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ। नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ। भारत र कुवेत नेपालका लागि तुलनात्मक रुपमा कठिन प्रतिद्वन्द्वी हुन्।
यस्तै समूह ‘बी’ मा माल्दिभ्स, भुटान, बंगलादेश र लेबनान परेको छ । लेबनानले पनि पहिलो पटक आमन्त्रित टोलीको रुपमा साफ च्याम्पियनसिप खेल्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।