काठमाडौं- रामायणमा आधारित बताइएको फिल्म ‘आदिपुरुष’ देखाइने हरेक हलमा एक सिट हनुमानका लागि आरक्षित गरिएको थियो। अहिलेसम्म त्यस्तो कुनै खबर आइपुगेको छैन, जुन सिटमा हनुमान बस्नका लागि आएका हुन्। तर आमदर्शक भने निश्चित रुपमा थिएटरबाट दूर नै रहे। हरेक दृष्टिबाट भव्य भनिएको फिल्म फ्लप भयो।
‘आदिपुरुष’ ती फिल्ममध्ये एक हो, जसको उद्देश्य हिन्दुत्वको न्यारिटिभमा फिट हुनु थियो। यस्ता खालका फिल्ममा भगवा झन्डा, 'देशका दुश्मन' आह्वान आदि जस्ता विशेषता आम हुन्। चाहे समसामयिक कहानी (द कश्मिर फाइल्स) देखाइयोस् वा ऐतिहासिक (सम्राट पृथ्वीराज, तान्हाजी)। यिनीहरुमा केही समान विशेषता छन्- हिन्दुलाई पीडित देखाउने वा उनीहरुको महिमामन्डन गर्न तथ्यलाई तोमरोड गरेर पेस गर्नु। सबै मुसलमानलाई खलनायकका रुपमा देखाउनु। इतिहासमाथि छेडछाड यो मिश्रणको हिस्सा हो।
‘द केरला स्टोरी’मा त पूरै निर्लज्जताका साथ एक काल्पनिक तथ्यांकको समेत प्रयोग गरियो। राज्यका ३२ हजार महिला इस्लामिक स्टेटमा समाहित हुनका लागि ब्रेनवास गरिएको थियो। जब फिल्म निर्मातालाई चुनौती दिइयो, तब उनले चुपचाप संख्या घटाएर तीन बनाइदिइयो।
सत्यसँग उन्नाइस-बीस गर्ने यो प्रवृत्ति तथाकथित ऐतिहासिक कहानीमा पनि लागू हुन्छ। जहाँ हारेकाहरु विजेता बन्छन्, भलै इतिहासका किताबले जेसुकै भनून्। उनीहरु कि यस्तो दृढविश्वासका साथ गर्छन्। बढी सम्भावना चाहिँ बजारमा चलिरहेको ट्रेन्डिङ पछ्याउने क्रममा यस्तो हुन पुगेको देखिन्छ।
फिल्म उद्योग सधैं कुनै चलन वा ट्रेन्डलाई अपनाउन रुचाउँछ। कुनै पनि फिल्मको सफलता मापन गर्ने एउटा मात्रै मापक छ- बक्स अफिस। कति हिन्दुत्वमा आधारित फिल्म यस्ता मापकमा सफल रहेका छन्। जसका कारण फिल्म निर्मातालाई यही बाटोमा आउन प्रेरित गरेको हो। यस्ता कयौं छन्, जसले जनतालाई निराश गरेर बोलीका बलमा धुलिसात हुनुपर्छ। आफ्नो राष्ट्रवादी प्रतिभा देखाउन आतुर अक्षय कुमारको फ्लप फिल्मको शृंखलामा सामेल 'सम्राट पृथ्जीराज' यस्तै एक अपवाद थियो!
अब ‘आदिपुरुष’ यही फेहरिस्तमा सामेल भइगयो। यस्तो देश, जहाँ हरकोही रामायणसँग परिचित छ, त्यहाँ यसलाई हिट बनाउनुपर्थ्यो। तर अहिले फ्लप बताइएको छ। बक्स अफिस विश्लेषक तरुण आदर्शले एक ट्विटमा असाध्यै निराशाजनक बताएका थिए। यस्तो लागिरहेको छ कि भारतीय दर्शक यस ग्रन्थीबाट अभ्यस्त छन् र सत्तारुढ दलले रामलाई एक अखिल भारतीय देवताका रुपमा स्थापित गर्न पूरा कोशिस गरेको छ।
फेरि पनि घटिया स्पेसल इफेक्ट, निकृष्ट संवाद र खराब तरिकाले देखाइ-सुनाइएको कहानी हेर्न चाहँदैनन्।
फिल्मलाई लिएर अनेक टिप्पणी भए। यो खराब फिल्म मात्रै सावित भएन, यसबाट मान्छेहरु दु:खी समेत भए। नेपाल यस कुराबाट दु:खी भयो कि फिल्ममा सीतालाई 'भारतकी छोरी' भनियो। नेपालले फिल्म नै प्रतिबन्ध लगाइदियो।
अयोध्याका मुख्य पुजारीले यो फिल्मसलाई प्रतिबन्ध लगाउने माग गरे, किनकि यसमा राम र अन्य पात्रलाई सही रुपमा देखाइएन। आम दर्शकलाई संवाद घटिया लागे। फिल्मले हप्ता कटाउन नपाउँदै लेखक मनोज मुन्तशिर शुक्लाले संवाद बदल्ने बताए। यसले हिन्दुत्वलाई खुसी गराउनुपर्नेमा दर्शक र पुजारीलाई समेत दु:खी बनायो। तपाईं जसलाई खुसी बनाउन चाहनुहुन्छ, तिनीहरुलाई उल्टै बेखुसी बनाउन सामान्य प्रतिभाले पुग्दैन!
यसबाट यो सावित हुन्छ कि कुनै विशिष्ट वर्गमा सामेल हुनु हरकोहीको क्षमताको कुरा होइन। कहीँ-कहीँ नतिजा मनले चाहे जस्तो प्राप्त हुँदैन। र, सय कुरामा एउटा कुरा यो पनि हो, दर्शक मनोरञ्जन चाहन्छन्। आफ्नो मनपर्ने स्टारलाई जुन धर्मको भए पनि ठूलो पर्दामा हेर्न आउँछन्।
शाहरुख खानको फिल्म ‘पठान’लाई अनेक तरिकाका प्रत्यक्ष र अप्रत्यक्ष प्रोपोगान्डासँग जुध्नुपर्यो। दिपिका पादुकोणले पहिरिएको पहिरनलाई हिन्दु परम्पराको अपमान बताउँदै आलोचना भएइको थियो। जबकी फिल्म निर्माता पनि अडिग रहे र फिल्म अहिलेसम्मकै व्यवासायिक रुपमा हिट बन्यो।
‘सम्राट पृथ्वीराज’ को प्रचार अन्तिम हिन्दु सम्राटको गाथाका रुपमा गरिएको थियो, यो त्यसरी गिर्यो कि उठ्नै पाएन। यो भन्दा ठूलो उदाहरण अरु के हुन सक्छ?
‘आदिपुरुष’ घटिया फिल्म हो। यसका खलनायक लंकेश, जो रावणको भूमिकामा थिए। उनी मुस्लिम अभिनेता हुन्। दर्शकले यस्तो मुर्खतापूर्ण प्रतीकलाई हेर्ने रुचि देखाएनन्, खारेज गरिदिए। फिल्मले न हिन्दुत्व जोगाउन सक्यो, न हनुमान।
(द वायरबाट अनुदित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।