• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भ धान दिवस ‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’
डा रामवरण यादव शुक्रबार, असार १५, २०८०  १६:२८
1140x725

द मिलिनियम डिक्लेरेसन सन् २००० र २००१ मा एफएओ को ३१औं  धानको अन्तर्राष्ट्रिय अनुमोदन वर्ष (वर्ल्ड कन्फेरेन्सबाट इन्टरन्यास्नल इयर अफ राइस एण्डोर्सड) भयो।

धानको खाद्य सुरक्षा र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान भएकोले नेपाल सरकारले पनि सन् २००४ जुन २९ (असार १५ गते) लाई राष्ट्रिय धान दिवसको रुप मा मनाउने निर्णय गर्‍यो। नेपालमा असार १५ गतेलाई पूर्वकालदेखि नै दही-चिउरा खाएर धान दिवस मनाउने चलन रहेको छ। भनिन्छ- मानो रोपौं मुरी फलाऔं।

राष्ट्रिय धान दिवसको उद्देश्य 
- नेपालमा असार १५ गतेदेखि धान रोप्न सुरु गरिने भएको हुँदा यो दिनलाई राष्ट्रिय धान दिवसको रुप मनाउने
- दीर्घकालीन उत्पादन वृद्धि गर्ने 
- खाद्य सुरक्षा र वातावरण संरक्षण गर्ने 
- धानमा आत्मनिर्भर भई गरिबी निवारण गर्ने। 

धान दिवसलाई एउटा महत्वपूर्ण सांस्कृतिक र विश्वव्यापी एकताको प्रतीक (स्याम्बोलिक अफ कल्चरल एण्ड ग्लोबल युनिटी) को रुपमा लिइन्छ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो। धानबाट कुल गार्हस्थ्य (जीडीपी) को ५५ र कृषिको कुल गार्हस्थ्य (एजिडीपी) को १५ प्रतिशत योगदान रहेको छ। नेपालमा लगभग १४.७ लाख हेक्टरमा धान खेती भैरहेको अवस्था छ। जसबाट करिब ५६.१ लाख मेट्रिक टन धान उत्पादन हुन्छ र हालको उत्पादकत्व ३.८ मेट्रिक टन प्रति हेक्टर रहेको छ।

नेपालमा कुल धान खेतीयोग्य जग्गाको ३० प्रतिशतमा वर्षभरि सिंचाई गर्न सकिन्छ। कुल धान खेतीयोग्य जग्गा को ३० प्रतिशत खडेरीयुक्त र १५ प्रतिशत बढी पानी हुने जग्गा रहेको छ। जसबाट पनि उत्पादनमा क्षति हुने सम्भावना छ।

हालको उत्पादनले नेपाललाई धान पर्याप्त छैन। नेपाललाई लगभग ७२ लाख मेट्रिक टन धान चाहिन्छ। यसमध्ये खाद्यान्नको लागि ६२ लाख मेट्रिक टन, बिउको लागि ६७ हजार मेट्रिक टन र ९ लाख ३३ हजार पशुपंक्षीको दाना र रक्सी बनाउनको लागि धान चाहिन्छ। १५ लाख ९० हजार मेट्रिक टन धान भइरहेको भन्दा अतिरिक्त चाहिन्छ। नेपालको उत्पादनले वर्षभरिलाई चामल नपुग्ने भएको हुँदा वर्षेनी ५० अर्ब बराबरको चामल आयात भइरहेको अवस्था छ।

धान खेतीका चुनौती
- स्थान विशेषका जातहरुको कमी
- अनुसन्धानको उत्पादन, प्राप्य उत्पादन र कृषकको उत्पादनको फरक
- घट्दो क्रममा खेतीयोग्य जग्गा 
- अनुसन्धानमा र विकासमा लगानीको कमीका साथै कम प्राथमिकता
- मौसम परिवर्तन 
- उपभोक्ताको व्यवहारमा परिवर्तन (मसिनो चामलको माग)
- समयमा मलखाद, उन्नत बिउ र विषादीहरुको कमी र उपलब्धता 
- धान खेती गर्दा यान्त्रीकरण प्रयोगको कमी।

नार्क अन्तर्गत राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले विभिन्न संघ संस्थाको सहयोगमा हालसम्म ९७ वटा धानका जात सिफारिस गरेको छ। जसमध्ये बासनादार, मसिनो, बढी चिसो, पानी र सुख्खा सहन सक्ने (क्लाइमेट रेजिलेन्ट)  जातहरु, २ वटा हाइब्रिड धानका जात, १ वटा बढी पोशाकयुक्त धानको जातको साथै २ वटा सुख्खा छरुवा प्रविधिको लागि पनि धानका जातहरु सिफारिस गरेको छ।

राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथले इरिको सहयोगमा जिनेन्रिच र लो ग्लाइक्मिक्इन्डेक्स भएका जातहरुमा काम भइरहेको छ र यी जातहरु जिन-नश्लको कमी भएका महिलाहरुको स्वास्थ्यको लागि र लो ग्लाइक्मिक्इन्डेक्स भएका जातहरु मधुमेहका रोगीहरुको लागि उपयोगी छन् र यी जातहरु सिफारिसका क्रममा छन्।

जुम्लामा भएको जुम्लीमार्सी धानको जातको मरुवा रोग अवरोधक जिनलाई जुम्लीमार्सी धानको जातमा हालेर नयाँ जुम्लीमार्सी मरुवा अवरोधी जात विकास गरिएको छ। र, यो छिट्टै जात सिफारिसमा जाने प्रक्रियामा छ।

साथै, २५०० रैथाने धानका जातहरु नार्कको जिन बैंकमा संरक्षण गरी राखिएको छ र २५०० रैथानेमध्ये ५० वटा बासनादार र ११५ वटा मसिनो र मोटो गरी देशका विभिन्न ठाउँमा खेती गरिराखेको अवस्था छ। धानको खेती गर्दा लाग्ने खर्च सम्बन्धी नार्कले स्रोत संरक्षण प्रविधि, उन्नत बिउ, मलखाद व्यवस्थापन, सिंचाई, झारपात नियन्त्रण, एकीकृत रोग किरा व्यवस्थापन प्रविधि, धान खेतीमा यन्त्रीकरण प्रविधि, धानको मूल्य शृंखला र स्रोत बीउ उत्पादन र वितरणका कामहरु भइरहेका छन्।

यस बाहेक हाल राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथले विभिन्न बिउ उत्पादनमा संलग्न बिउ उत्पादन कम्पनी, कृषक समूह सहकारी र सरकारी निकायका फार्म, केन्द्रहरुमा हाइब्रिड धानका जातहरुको बिउ उत्पादनका काम गरिरहेको छ।

धानमा आत्मनिर्भर हुने उपाय
- नेपाल धानमा आत्मनिर्भर हुनका लागि चैते धान खेतीलाई महत्व दिनुपर्छ र भइरहेको १ लाख २० हजार हेक्टरको चैते धान खेतीलाई २ लाख ५० हजार देखि ३ लाख हेक्टर पुर्‍याउनुपर्ने हुन्छ। साथै यस लक्ष्य राखेको जग्गामा लगभग ३० प्रतिशत हाइब्रिड धानका जातहरु र बाँकीमा इनब्रेड उन्नत जातहरुलाई प्रयोग गरियो भने हाल अपुग १५ लाख ९० हजार मेट्रिक टन धान उत्पादन गर्न सकिन्छ।

- नेपालमा अहिले पनि गाउँहरुमा धान प्राय: मिलले कुट्ने गरिन्छ। जसबाट पोस्ट हर्वेस्ट क्षति १० देखि १२ प्रतिशत भइरहेको अवस्था छ। यसर्थ यदि धान कुट्दा हलरको सट्टा शेलर मिलको प्रयोग गरियो भने करिब १० देखि १२ प्रतिशतसम्म चामल बढी पर्ने बनाउन सकिन्छ र यही उत्पादनमा मिलको प्रयोगले मात्रै १० देखि १२ प्रतिशत उत्पादनमा वृद्धि गर्न सकिन्छ।

- कुल धान खेतमा ६० प्रतिशत उन्नत जातहरु, ३० प्रतिशत हाइब्रिड जातहरु र १० प्रतिशत स्थानीय (बासनादार र जलवायु सुहाउँदो) को प्रयोग गर्न जरुरी छ।

- जलवायु अनुकुल धानको सिफारिस भएका जातहरु र प्रविधिको प्रयोगको व्यापकता हुनुपर्ने।

- १० वर्षसम्म अनुसन्धान र विकासमा समर्पित कार्यक्रमहरु लगानी र सरकारको तर्फबाट लगानीको सुनिश्चितता हुन जरुरी छ। 

- जैविक र हरियो मलको प्रयोगलाई प्रथमिकतामा राख्नुपर्ने।

- धान खेतीमा लागत घटाउन यान्त्रीकरणको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने। 

- भिजाउने र सुकाउने वैकल्पिक प्रणाली सिंचाईको प्रयोगलाई प्रथमिकता दिनुपर्ने र यसबाट ३० प्रतिशत सिंचाईमा बचत गर्न सकिन्छ।  किनभने १ केजी धान उत्पादन गर्नको लागि २५०० लिटर पानी चाहिन्छ। 

- बेस्ट मेनेजमेन्ट प्राक्टिस प्रयोगको व्यापकता हुनुपर्ने।

- हाइब्रिड धानका जातका बीउ उत्पादनमा जोड दिनुपर्ने।

(डा यादव राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, हारदीनाथ, धनुषाका संयोजक हुन्।)

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
कर्णाली याक्समा ७ खेलाडी रिटेन, देव खनाल रिलिज मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्