काठमाडौं– संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी स्वीकार गरी संसद्लाई सम्बोधन भएपछि संसद् चल्न दिने सहमति भएको छ।
सोमबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिप्रति कमजोरी स्वीकार्ने र प्रतिपक्षीले सदन चल्न दिने सहमति भएको हो।
सिंहदरबारमा बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले प्रधानमन्त्रीलाई पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न दिनेगरी बैठक सकिएको हो।
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिका बारेमा स्पष्ट पार्ने सहमति भएको बताइएको छ। प्रधानमन्त्रीले कमजोरी स्वीकार्ने र एमालेले संसद् अवरोध नगर्ने सहमति जुटेको बताइएको छ। प्रतिनिधि सभाको बैठक ३ बजेबाट सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।