काठमाडौं– झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भागवत गीताको टिजर रिलिज भएको छ। टिजरमा अभिनेता विपिन कार्की कमलामाइको अवरतारमा छन्। उनको अहिलेसम्मकै फरक अवतार हो यो।
फिल्ममा विपिनसँगै सुहाना थापा र धिरज मगरको मुख्य अभिनय छ। त्यसैगरी कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ।
सुनिल कुमार थापाको निर्माणमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठकोब्याकग्राउण्ड स्कोर छ।
फिल्म भदौ २९ गतेबाट प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।