काठमाडौँ– फिडेल देवकोटाको लेखन तथा निर्देशन रहेको नेपाली फिल्म 'दि रेड सुटकेस' विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा छनोट भएको छ।
आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको हो।
विदेशी निर्माता र सिनेमाटोग्राफर विना नै विश्वको प्रतिष्ठित फेस्टिभलमा छनोट हुने यो पहिलो फिल्म हो।
यसअघि भेनिस पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैमा निर्माता तथा सिनेमाटोग्राफर विदेशी थिए। निर्देशक फिडेल जर्मनीको युनिभर्सिटीमा भिज्युवल एन्थ्रोपोलोजी प्राध्यापन गर्छन्। उनको यो डेब्यू फिल्म पनि हो हो।
फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। इटलीको भेनिस सहरमा हुने फेस्टिभलको ८०औँ संस्करण अगस्ट ३० देखि सुरु भएर सेप्टेम्बर ९ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।