काठमाडौं– लामो प्रतीक्षापछि सन्नी देओल र अमिषा पटेलको फिल्म ‘गदर २’ को ट्रेलर रिलिज भएको छ।
मुम्बईमा एक भव्य कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। यस अवसरमा फिल्मसँग सम्बन्धित व्यक्तिहरू उपस्थित थिए।
३ मिनेट २ सेकेण्डको ट्रेलरमा तारा सिंह आफ्ना छोरा र उनकी श्रीमती सकिनासँगको खुसीको पल बाँड्दै गरेकोबाट सुरु हुन्छ। एक समय आउँछ जब पाकिस्तानी जनताले तारा सिंहसँग बदला लिन उनका छोरालाई बन्धक बनाउँछन्। त्यसपछि मात्र सन्नी आफ्नो छोरा बचाउन सीमा पार गर्छन्।
फिल्ममा उत्कर्ष शर्माले छोरा चरणजीत सिंहको भूमिका निभाएका छन्। उत्कर्ष शर्माले गदरबाट बाल कलाकारको रुपमा डेब्यु गरेका थिए। त्यसपछि उनी फिल्म जिनियसमा मुख्य कलाकारको भूमिकामा देखिए। उत्कर्षले एक अन्तर्वार्तामा ‘गदर २’ को कथा निकै फरक र शानदार रहेको खुलासा गरेका थिए।
उत्कर्ष शर्मा गदर निर्देशक अनिल शर्माका छोरा हुन्। फिल्म ‘जिनियस’ बाहेक उत्कर्षले ‘तुम्हारे हवाले वतन साथियो, प्रपोज, स्टिल लाइफ’मा काम गरेका छन्। यसबाहेक ‘पर्पज’ र ‘होम’ नामक दुई सर्ट फिल्ममा पनि काम गरेका छन्।
यो फिल्म अगस्ट ११ मा हलमा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।