मुम्बई– बलिउड अभनेत्री तथा नृत्यंगाना नोर फतेहीले आफूलाई उस्तै मात्रै रोल अफर गरिएको भन्दै आक्रोश पोखेकी छिन्। टाइपकास्ट भइरहेको उल्लेख गर्दै उनले मुख्य भूमिका दिन हिचकिचाएकोप्रति पनि टिप्पणी गरेकी छिन्।
नोरा भन्छिन्, ‘म नृत्य गर्ने भएकाले उनीहरुले मुख्य भूमिकामा लिन चाहिरहेका छैनन्। यही बलिउडमा त्यस्ती अभिनेत्री थिइन्, जो नृत्य पनि राम्रो गर्छिन्। त्यसैले नृत्य गर्नेलाई पनि अभिनयको मौका दिइनुपर्छ।’
न्युज १८ लाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन्। नोराले सन् २०२० मा स्ट्रिट डान्सर ३ डीबाट अभिनय करियर सुरुवात गरेकी थिइन्। उनी प्रशिद्ध नृत्यंगनाका रुपमा बलिउडमा छिन्। तर, हालसम्म उनलाई मुख्य भूमिकामा देख्न पाइएको छैन।
सधैं मल्टि स्टारर फिल्ममा उनलाई देख्न पाइन्छ र जहाँ उनी नृत्यंगनाको भूमिकामा देखिन्छिन्। अहिले आफू त्यस्तो भूमिकाबाट टाढिरहेको उनले बताएकी छिन्।
आफूलाई लिएर कसैले जोखिम उठाएमा अभिनयमा पनि गरेर देखाउने उनले बताएकी छन्। आफू त्यही मौकाको पर्खाइमा रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।