काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पेले टोलीको पहिलो प्रशिक्षणमा सहभागिता नजनाउने भएका छन्। लिग वान च्याम्पियन पीएसजीले नयाँ सिजनका लागि सोमबारदेखि प्रशिक्षण सुरु गरेको छ। तर उक्त प्रशिक्षणमा एमबाप्पे भने सहभागी नहुने भएका हुन्।
एमबाप्पेले रियल मड्रिड जाने चाहना राखेकाले पीएसजीसँगको सम्झौता विवादमा परेका छ। जसकारण उनी प्रशिक्षणमा सहभागी नभएको बताइएको छ। उनी यसअघि पीएसजीको प्रि-सिजनको एसिया टुरमा समेत सहभागी भएका थिएनन्।
पीएसजीका मुख्य गोलकर्ताका एमबाप्पेको सम्झौता अबको एक वर्षमा सकिँदैछ। उनी पीएसजीसँग सम्झौता नलम्ब्याउने पक्षमा छन्। जसकारण पीएसजी र एमबाप्पेबीच दूरी बढ्दै गएको छ। जसकारण पीएसजी एमबाप्पेलाई अहिले नै बेचेर मोटो रकम दिने दाउमा छ।
यही दाउ अनुसार पीएसजीले एमबाप्पेलाई साउदी क्लब अल हिलाललाई बेच्ने तयारी गरेको थियो। तर त्यसलाई एम्बाप्पेले ठाडै अस्वीकार गरेका थिए।
एम्बाप्पेका लागि अल हिलालले विश्व कीर्तिमानी रकम २५९ मिलियन पाउन्डको मेगा प्रस्ताव गरेको थियो। अल हिलालको उक्त प्रस्तावमा सहमति जनाउँदै पीएसजीले एमबाप्पेसँग थप वार्ता गर्न स्वीकृति दिएको थियो। पीएसजीको उक्त स्वीकृतीसँगै एमबाप्पेका एजेन्टलाई अल हिलालसँग कुराकानी गर्ने बाटो खुलेको थियो। तर एमबाप्पेले अहिले नै युरोप छाडेर साउदीको प्रो-लिगमा नजाने भन्दै ठाडै अस्वीकार गरेपछि हिलालको मेगा प्रस्तावमा थप कुराकानी अघि बढ्न सकेन।
फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका २४ वर्षीय एमबाप्पेको पीएसजीमा अझै एक वर्ष सम्झौता बाँकी नै छ। उनले एक वर्षपछि पीएसजीमा आफ्नो सम्झौता नलम्ब्याउने बताइसकेका छन्। जसकारण अहिले नै एमबाप्पेलाई बेचेर महँगो रकम लिने दाउमा पीएसजी लागेको छ।
एक वर्षपछि सम्झौता सकिने भएकाले त्यतिबेला सित्तैमा स्टार खेलाडी एमबाप्पेलाई छाड्नुपर्ने भएकाले पीएसजी अहिले नै कुनै पनि हालतमा एमबाप्पेलाई बेच्ने रणनीतिमा छ।
इंग्लिस क्लब लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, सिरी ए क्लब इन्टर मिलान, ला-लिगा रियल मड्रिड अहिले एमबाप्पे भित्र्याउने रणनीतिमा लागेका छन्।
एमबाप्पे जानसक्ने बलियो विकल्पको रुपमा रियल मड्रिडलाई हेरिएको छ। यसअघि अर्को सिजनको अन्त्यमा पीएसजी छाड्ने र रियल मिड्रिड जाने इच्छा स्वयं एमबाप्पेले व्यक्त गरेका थिए।
त्यसमाथि करिम बेन्जेमाले रियल छाडेपछि उनको स्थानमा रियलले अर्को खेलाडी ल्याइसकेको छैन। जसकारण पनि एमबाप्पे रियल जान सक्ने आधारहरु रहेको बीबीसीले उल्लेख गरेको छ।
अहिले महँगो रकम लिएर एमबाप्पेलाई बेच्न नसकेको अवस्थामा महँगो रकम लिएर एक वर्षका लागि लोनमा भए पनि पठाउने रणनीतिमा पीएसजी छ। जसकारण लोनमा भए पनि एमबाप्पे पीएसजी जान सक्ने बताइन्छ। यदि भनेअनुसार कुनै क्लबमा आबद्ध नभएको अवस्थामा अबको एक सिजन एमबाप्पे पीएसजीमै बस्नुपर्ने हुन्छ। किनकि, पीएसजीसँग उनको १ वर्ष सम्झौता बाँकी नै छ। त्यसपछि उनी फ्रि ट्रान्सफरमा अन्य क्लब जान्छन्।
सन् २०१७ मा १६५.७ मिलियन पाउन्डमा मोनाकोबाट पीएसजीले एमबाप्पेलाई अनुबन्धन गरेको थियो।
एमबाप्पे विगत ६ वर्षदेखि पीएसजीको मुख्य खेलाडीको रुपमा रहँदै आएका छन्। यो समयमा उनले २६० खेल खेल्दै २१२ गोल गरेका छन्। पाँच लिग वान र गोल्डेन बुट समेत एमबाप्पेले जितेका छन्।
उनले फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताए भने २०२२ को फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा ह्याट्रिक गरेका थिए। २०२२ मा आफ्नो अन्तिम सम्झौताको अन्त्यमा उनी रियल म्याड्रिडमा नि:शुल्क सामेल हुने अपेक्षा गरिएको थियो, तर पीएसजीमा २ वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेर सबैलाई चकित पारेका थिए। तर भने उनले अब सम्झौता विस्तार नगर्ने निर्णय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।