काठमाडौं– जर्मन सुपर कपको उपाधि आरबी लेइपजिगले जितेको छ। बुन्डेसलिगा च्याम्पियन बायर्नलाई ३–० गोलले हराउँदै लेइपजिगले उपाधि जित्यो।
लेइपजिगका लागि स्पेनिस खेलाडी डानी ओल्मोले ह्याट्रिक गरे। खेलको तेस्रो मिनेमै ओल्मोले गोल गर्दै लेइपजिगलाई अग्रता दिलाएका थिए। ४४औं मिनेटमा पुन ओल्मोले अर्को गोल गर्दै पहिलो हाफमा लेइपजिगलाई २–० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६८औं मिनेटमा पाएको पेनाल्टीमा पुनः ओल्मोले गोल गरेपछि लेइपजिगले ३–० को नतिजा निकाल्दै उपाधि जित्यो।
जर्मन कपको च्याम्पियन र बुन्डेसलिगा च्याम्पियनले जमर्न सुपर कपको उपाधिका लागि खेल्दै आएका छन्। गत सिजन बायर्न बुन्डेसलिगा च्याम्पियन भएको थियो भने लेइपजिग जर्मन कपको च्याम्पियन भएको थियो।
शनिबार रातिको खेल भर्खर टोननह्यामबाट बायर्न पुगेका स्टार खेलाडी ह्यारी केनको डेब्यू खेल पनि थियो। तर केनको डेब्यु भने लेइपजिगले निराशाजनक बनाइदियो। डेब्यू खेलमै केनले ३–० को हार बेहोरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।