काठमाडौं– स्पेनिस ला–लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियलले ला–लिगाको सिजन २०२३/२४ मा सुखद सुरुवात गरेको छ।
रियलको जितमा युवा खेलाडीद्वय रोड्रिगो र बेलिङ्घमले एक–एक गोल गरे। कार्भाहाल रामोसको पासमा रोड्रिगोले २८ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
३६ औं मिनेटमा अलबाको पासमा बेलिङ्घमले गोल गर्दै अग्रता दोब्बर बनाए। बाँकी समय गोल हुन नसकेपछि रियलले २–० को नतिजा निकाल्यो। बेलिङ्घमका लागि ला–लिगाको डेब्यू खेल थियो।
उनी जर्मन क्लब डर्टमण्डबाट भर्खरै रियलमा अनुबन्धित भएका हुन्। डेब्यू खेलमै गोल गर्दै उनले सुखद सुरुवात गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।