काठमाडौं– इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुवात गरेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा नटिङ्हम फरेस्टलाई २–१ गोल अन्तरले हराउँदै आर्सनलले विजयी सुरुवात गरेको हो। केटिहा र साकाले एक–एक गोल गरे।
२६ औं मिनेटमा मार्टिनेलीको पासमा केटिहाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ३२ औं मिनेटमा सलिबाको पासमा साकाले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो।
खेलको ८२ औं मिनेटमा अवोनीले गोल फर्काएपछि आर्सनलले २–१ को जित निकाल्यो। प्रिमियर लिगका अन्य खेलमा ब्राइटनले लुटन टाउनलाई ४–१ गोल अन्तरले हरायो भने ब्रोनेमाउथ र वेस्टहामले १–१ को बराबरी खेल्दै अंक बाँडे।
उता इभर्टन भने फुलहामसँग १–० ले पराजित हुँदा क्रिस्टल प्यालेसले पनि १–० को जित निकाल्यो। उता एस्टन भिल्लाको पोस्टमा ५ गोल गर्दै न्युक्यास्टलले ५–१ को जित निकाल्यो।
यसअघि भएको शुक्रबार रातिको खेलमा लिग च्याम्पियन म्यानचेस्टर सिटीले ले उत्कृष्ट सुरुवात गरेको थियो। सिटीले बर्नलीलाई ३–० ले हरायो। सिटीको जितमा २ गोल हालाण्ड र १ गोल रोड्रीले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।