काठमाडौं– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ। सोमबार राति भएको खेलमा युनाइटेडले वुल्भरह्याम्टनलाई १–० गोलले हरायो।
खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा युनाइटेडले गोल गर्दै जित दर्ता गर्यो। जितका लागि एक मात्र गोल ७६औं मिनेटमा राफेल भारानले गरे।
जितसँगै युनाइटेडले प्रिमियर लिगमा सुखद सुरुवात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।