काठमाडौं– युरोपियन फुटबल महासंघ (युईएफए) ले हरेक वर्ष प्रदान गर्ने बेस्ट कोच अवार्डमा ३ जना प्रशिक्षकको नाम मनोनीत गरिएको छ।
गत सिजन २०२२/२३ का लागि दिइने यो अवार्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवाला, इटालियन सिरी एक क्लब इन्टर मिलानका सिमोन इन्जागी र सिरी ए क्लब नापोलीका लुसिआनो स्पेल्लेटी मनोनीत भएका छन्।
ग्वार्डिवालाले सिटीलाई गत सिजन च्याम्पियन्स लिगसहित ट्रिबेल उपाधी जिताएका थिए। इन्टर मिलानले गत सिजन उच्च प्रदर्शन गरेको थियो।
सिमोनले इन्टरलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए। नापोलीका प्रशिक्षक लुसिआनोले नापोलीलाई सिरी ए उपाधि जिताएका थिए।
अहिले सार्वजनिक भएको मनोनयनको अवार्ड सिजन २०२३/२४ का लागि च्याम्पियन्स लिगको समूह चरणको ड्र हुँदा सोही दिन घोषणा गरिन्छ। यो कार्यक्रम अगस्ट ३१ मा हुने युईएफएले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।