काठमाडौं- अमेरिकन क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधि0 जिताएका कप्तान लियोनल मेसीले गोल्डेन बल र गोल्डेन बुट दुवै अवार्ड जितेका छन्। नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न भएको खेलमा मेसीको उत्कृष्ट प्रदर्शनमा मियामीले उपाधि उचाल्यो।
निर्धारित समयसम्म १–१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटबाट हारजितको टुंगो लागेको थियो। जहाँ मियामीले १०–९ को नतिजा निकाल्दै उपाधि जित्यो। अनुबन्धन भएलगत्तै मियामीलाई उपाधि जिताएका मेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। जहाँ उनले जम्माजम्मी ७ खेल मात्रै खेलेका थिए।
७ खेल खेलर प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका मेसी प्रतियोगिताकै सबैभन्दा बढी गोलकर्ता समेत बने। उनले ७ खेलबाट १० गोल गर्नुका साथै १ असिस्ट समेत गरे। जुन प्रतियोगिताकै सबैभन्दा बढी गोल हो।
उत्कृष्ट खेलाडी र सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका मेसीले गोल्डेन बल र गोल्डेन बुटको अवार्ड जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।