काठमाडौं- महिला विश्वकप फुटबलको फाइनलमा स्पेनले अग्रता बनाएको छ। अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा भएको खेलमा खेलको पहिलो हाफ सकिँदा स्पेनले १-० को अग्रता बनाएको हो।
खेलको २९औं मिनेटमा क्याल्डेन्टी ओलिभरले पाएको पासमा कप्तान कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी छिन्। खेलको सुरुवातीमा अष्ट्रेलियाले हानेको एक प्रहार क्रस बारमा लागेर फर्किको थियो।
१ गोलले अग्रता बनाएको स्पेनले खेलमा पनि आफ्नो पकड राख्दै विपक्षी गोलरक्षकलाई व्यस्त बनाइराखेको छ।
बुधबार सह-आयोजक राष्ट्र अस्ट्रेलियालाई ३-१ गोलले हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको थियो। यसअघि स्विडेनलाई हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको थियो।
जसले जिते पनि यो पटक नयाँ टोलीले विश्वकपको ट्रफी उचाल्नेछ। यी दुवै टोली पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।