काठमाडौं- इटालियन सिरी ए लिगमा एसी मिलानले जित निकालेको छ। मिलानले बोलोग्नामाथि २-० को जित निकालेको हो।
मिलानको जितमा जिरुड र पुलिसिकले एक/एक गोल गरे। खेलको ११औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा पुलिसिकले गोल गरेपछि मिलानले २-० को जित निकाल्यो।
त्यस्तै स्पेनिस ला-लिगामा अलाभेस र भाल्कोनोले जित निकालेका छन्। अलाभेसले बलियो प्रतिस्पर्धी सेभिल्लामाथि ४-३ को जित निकाल्यो।
अलाभेसका रिओजा एक, दुराते एक र किकेले दुई गोल गरे।
सेभिल्लाका लागि राफा मिरा र लामेलाले एक/एक गोल गरे। सेभिल्लाले एक गोल भने उपहार पाएको थियो। अब्ड्लले आफ्नै पोस्टमा आतमघाती गोल गरेका थिए।
त्यसैगरी ग्रानाडामाथि भाल्कोनाले २-० को जित निकाल्यो। भाल्कोनाका लागि अल्भारो ग्रासिया र पाथे सिसले एक/एक गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।