काठमाडौं– खेल सुरु भएको ४ मिनेटमै २ गोल गरेको नटिङ्हम फरेस्ट म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। २–० ले पछि परेको स्थिती उल्टाएर म्यानचेस्टर युनाइेटेडले ३–२ को जित निकाल्यो।
खेल सुरु भएको दोस्रो मिनेटमै अवोनीको गोलमार्फत् नटिङ्हमले अग्रता बनाएको थियो। चौथो मिनेटमा बोलीले गोल गरेपछि नटिङ्हमले २–० को अग्रता बनाएको थियो।
खेलको १७औं मिनेटमा इरिक्सनले गोल गरेपछि खेल २–१ को स्थितिमा आएको थियो। दोस्रो हाफको ५२औं मिनेटमा मासेमिरोले गोल गर्दै खेल बराबरीमा ल्याए।
६७ मिनेटमा डिफेन्डर ओराल्ली दोहोरा पहँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नटिङ्हम १० खेलाडीमा समिति भएको थियो। ७६औं मिनेटमा पाएको पेनाल्टीमार्फत् ब्रनो फर्नान्डेसले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा ३–२ को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।