काठमाडौं– स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्स निलम्बनमा परेका छन्। फुटबलको सर्वोच्च निकाय फिफाको अनुशासन समितिले उनलाई निलम्बन गरेको हो।
स्पेनको महिला फुटबल टोलीले विश्वकप जितेपछि रुबियाल्सले स्पेनिस महिला खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका थिए। आफूले चुम्बनका लागि कुनै अनुमति नदिए पनि रुबियाल्सले चुम्बन गरेको खेलाडीले बताएपछि उनलाई निलम्बन गरिएको हो।
स्पेनका ८० भन्दा बढी महिला खेलाडीले रुबियाल्सलाई पदबाट नहटाएसम्म मैदानमा नजाने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।