काठमाडौं– लिग वानको डेफिन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तेस्रो खेलपछि बल्ल जित निकालेको छ। सुरुवाती २ खेलमध्ये दुबैमा बराबरीमा रोकिएको पीएसजीले तेस्रो खेलमा भने लेन्सलाई ३–१ ले हराउँदै जित निकाल्यो।
शनिबार राति भएको खेलमा पीएसजीको जितका लागि एमबाप्पेले २ र एसेन्सिओले १ गोल गरे। खेलको ४४औं मिनेटमा एसेन्सिओले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५२ र ९०औं मिनेटमा एमबाप्पेले गोल गरेपछि खेल ३–० को स्थितिमा आएको थियो। थप गरिएको अतिरिक्त समयमा लेन्सका लागि गुइलाभोगुइले गोल गरेपछि पीएसजीले खेल ३–१ ले जित्यो।
लिग वानकै अर्को खेलमा मार्सेलीले ब्रेस्टलाई २–० ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।