काठमाडौं– भर्खरै इंग्लिस क्लब टोटनहामबाट जमर्न क्लब बायर्न म्युनिख पुगेका ह्यारी केनको २ गोलमा बायर्नले जित निकालेको छ। बुन्डेसलिगामा आइतबार राति भएको खेलमा बायर्नले अग्सबर्गमाथि ३–१ को जित निकालेको हो।
बायर्नले अग्रता भने सुसाइड गोलबाट लिएको थियो। ३२ औं मिनेटमा उडुखाईले आफ्नै पोस्टमा गोल गरेपछि बायर्नले अग्रता बनाएको थियो।
त्यसपछि ४०औं मिनेटमा पेनाल्टीमार्फत् केनले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए। पहिलो हाफ २–० मा सकिएको थियो। दोस्रो हाफको ६९ औं मिनेटमा पुनः केनले नै गोल गरेपछि बायर्नले ३–० को अग्रता बनायो।
८६औं मिनेटमा अग्सबर्गका बेल्जोले गोल गरेपछि बायर्नले ३–१ को जित निकाल्यो। बुन्डेसलिगाको अर्को खेलमा मेन्ज र फ्र्यांकफर्टले १–१ को बराबरी खेल्दै अंक बाँडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।