काठमाडौं– कप्तान लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले सहज जित निकालेको छ। सोमबार बिहान भएको खेलमा मियामीले लस एन्जल्सलाई उसकै घरेलु मैदानमा ३–१ गोल अन्तरले हरायो।
मियामीको जितमा फाकुन्नो, जोर्डी अल्बा र कम्पोनाले १–१ गोल गरे। लस एन्जल्सका लागि एक मात्र गोल रायन होलिङ्सहेडले गरे।
१४औं मिनेटमा फाकुन्नोको गोलमा मियामीले अग्रता लिएको थियो। मियामीको जितमा मेसीले २ असिस्ट गरे। मेसीको असिस्सटमा ५१औं मिनेटमा अल्बाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। पुनः मेसीकै पासमा ८३औं मिनेटमा कम्पोनले गोल गरेपछि मियामीले ३–१ को नतिजा निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।