काठमाडौं– अन्तिम समयमा सम्हालिन नसक्ला यूईएफए च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ। नेपाली समयअनुसार मंगलबार राति भएको एथ्लेटिको मड्रिड र लाजिओबीचको खेल १/१ गोलको बराबरीमा सकियो।
खेलको २९औं मिनेटमा मोलिनाको पासमा ब्यारिओसले गोल गर्दै एथ्लेटिको मेड्रिडलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म एथ्लेटिको मड्रिडले १–० को अग्रता बनाइराखेको थियो।
तर, ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा रोमरो एल्कोन्चेलको पासमा प्रोभेडिलले गोल गरेपछि एथ्लेटिको मड्रिड अंक बाँड्न बाध्य भयो। बराबरीसँगै यी दुवै टिमले १/१ अंक बाँडेका छन्।
यही समूहको अर्को खेलमा फेनिवुर्डले सेल्टिकलाई २–० ले हरायो। सेल्टिकलाई हराएको फेनिवुर्ड ३ अंक साथ आफ्नो समूहको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।