काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा युनाइटेडले बर्नलीमाथि १-० को साँघुरो जित निकाल्यो।
पहिलो हाफको अन्तिममा इभान्सको पासमा बु्रनो फर्नान्डेसले गरेको एक मात्र गोल निर्णायक बन्दा युनाइटेडले साघुँरो जित निकाल्यो।
प्रिमियर लिगकै अन्य खेलहरुमा क्रिस्टल प्यालेस र फुलहाम गोलरहित बराबरीमा रोकिए। वुल्भ्स र लुटनले भने १-१ को बराबरी खेल्दै अंक बाँडे।
इभर्टनले ब्रनफोर्डलाई ३-१ गोल अन्तरले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।