काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनहामले बराबरी खेल्दै अंक बाँडेका छन्। आइतबार राति भएको खेलमा यी दुई हेभिवेट क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडे।
घरेलु टोली आर्सनलले २६औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता बनाएको थियो। टोटनहामका रोमेरालाई लागेर बलले जाली चुमेपछि आर्सनलले अग्रता बनाएको थियो।
लगत्तै ४२औं मिनेटमा मेडिसनको पासमा सन हिङ मिनले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५४औं मिनेटमा पेनाल्टीमार्फत बुकायो साकाले गोल गर्दै आर्सनलले पुनः अग्रता दिलाए।
लगत्तै १ मिनेटपछि मेडिनसकै पासमा सनले दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। बाँकी समय दुवैतर्फबाट गोल नभएपछि खेल २-२ को बराबरीमा सकियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।