काठमाडौं– स्पेनिस ला–लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ। मंगलबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले मालोर्कासँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो।
दुई पटकको अग्रता जोगाउन नसक्दा घरेलु टोली मालोर्का भने अंक बाँड्न बाध्य भयो।
खेलको आठौं मिनेटमा मुरिकीले गोल गर्दै मालोर्कालाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा डि–बक्स बाहिरबाट राफिन्हाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
लगत्तै पहिलो हाफको अतिरिक्त समयमा प्राट्सले गोल गरेपछि मालोर्काले २–१ को अग्रता बनाएको थियो। ७४ मिनेटसम्म अग्रता जोगाएको मालोर्काले ७५ मिनेटमा भने गोल खायो।
राफिन्हाको पासमा लोपेजले गोल गरेपछि खेल २–२ को बराबरीमा आयो। २० वर्षीय मिडफिल्डर लोपेजको बार्सिलोनाका लागि यो पहिलो गोल हो।
बाँकी समय दुबैतर्फबाट गोल नभएपछि खेल बराबरीमा सकियो। यो बराबरीसँग बार्सिलोना ७ खेलबाट १७ अंकका साथ शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।