काठमाडौं- गत सिजनको ट्रिबेल उपाधि विजेता म्यानचेस्टर सिटी इएफएल (काराबाओ) कपबाट बाहिरिएको छ। बुधबार राति भएको तेस्रो चरणको खेलमा न्युक्यास्टल युनाइटेडसँग पराजित भएसँगै सिटी इएफएल कपबाट बाहिरिएको हो।
घरेलु मैदानमा ५१ हजारभन्दा बढी दर्शकमाझ मैदानमा उत्रिएको न्युक्यास्टल युनाइटेडले सिटीलाई स्तब्ध बनायो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको ५३औं मिनेटमा जोलिन्टनको पासमा इस्काले गोल गर्दै न्युक्यास्टललाई अग्रता दिलाए। अन्ततः त्यही १ गोलको अग्रता बचाउँदै न्युक्यास्टलले सिटी इएफएल कपबाट आउट गर्दै आफू अर्को चरणमा प्रवेश गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।