हाङझाउ– १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ। समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन्।
खेलको पहिलो हाफ सकिँदा नेपाल १–० गोल अन्तरले पछि रहेको छ। बंगलादेशका खेलाडीले नेपालविरुद्ध खेलको ४३ औं मिनेटमा गोल गरेका हुन्।
वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १: ४५ बजे सुरु खेलको दोस्रो हाफ सुरु भइसकेको छ। नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो।
बंगलादेश पनि पहिलो खेलमा जापानसँग ८–० गोलअन्तरले तथा भियतनामसँगको खेल ६–१ गोलअन्तरले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।