काठमाडौं– जारी सिजनको इंग्लिस प्रिमियर लिगको छैटौं खेलसम्म शतप्रतिशत नतिजा निकालेको म्यानचेस्टर सिटीले हार ब्यहोरेको छ। नेपाली समयअनुसार शनिबार राति भएको खेलमा वुल्भ्सले सिटीलाई २–१ गोलले हरायो।
सिटीका डिफेन्डर रुबेन डायसको आत्मघाती गोलमा वुल्भ्सले अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको वुल्भ्स ५८औं मिनेटमा बराबरीमा आएको थियो।
५८औं मिनेटमा फ्रि किकमार्फत अल्भारेजले गोल गरेपछि सिटीले १–१ को बराबरी बनाएको थियो। ६६औं मिनेटमा ह्वाङ हि चानले गोल गरेपछि वुल्भ्स पुनः अग्रता लियो। २–१ को अग्रता जोगाउँदै सिटी विजयी भयो।
हारका बाबजुत पनि सिटी ७ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।