काठमाडौं- युईएफए च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ। घरेलु टोली लेन्सले आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्यो।
मंगलबार राति भएको खेलमा १४औं मिनेटमा साकाको पासमा ग्राबियल जिससले गोल गर्दै पाहुना टोली आर्सनललाई अग्रता दिलाएका थिए। लगत्तै २५औं मिनेटमा वाहीको पासमा थोमासोनले गोल गरेपछि लेन्सले खेल १–१ को बराबरीमा ल्यायो।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६९औं मिनेटमा फ्रान्कोस्कीको पासमा वाहीले नै गोल गरेपछि लेन्सले २–१ को अग्रता बनायो। उक्त अग्रता अन्मित समयसम्म जोगाएपछि लेन्सले २–१ को जित निकाल्यो।
यही समूह ‘बी’ को अर्को खेलमा सेभिल्ला र पीएसभीले २–२ को बराबरी खेल्दै अंक बाँडे। समूह ‘बी’ मा ४ अंकसहित लेन्स शीर्ष स्थानमा छ। ३ अंकसहित आर्सनल दोस्रो र २ अंकसहित सेभिल्ला तेस्रो स्थानमा छन् भने १ अंकसहित पीएसभी पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।