काठमाडौं- युईएफए च्याम्पियन्स लिगमा मंगलबार राति भएका समूह ‘डी’ का दुई खेलमा रियल सोसिडाड र इन्टर मिलान विजयी भएका छन्।
पाहुना टोली सोसिडाडले साल्जबर्गलाई २–० ले हरायो भने इन्टर मिलानले बेनफिकामाथि १–० को साँघुरो जित निकाल्यो। सोसिडाडको जितमा ओयार्जाबाल र मेन्डेजले १/१ गोल गरे। खेलको सातौं मिनेटमै ओयार्जाबालले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए।
२७औं मिनेटमा मेन्डेजले गोल गरेपछि सोसिडाडले अग्रता दोब्बर बनायो। बाँकी समय दुवै तर्फबाट गोल नभएपछि सोसिडाडले खेल २–० ले जित्यो।
समूह ‘डी’ को अर्को खेलमा ६२औं मिनेटमा थुर्माले गरेको १ मात्र गोलले इन्टर मिलान विजयी भयो। समूह ‘डी’ मा समान ४/४ अंकसहित सोसिडाड पहिलो र इन्टर मिलान दोस्रो स्थानमा छन्। ३ अंकसहित साल्जबर्ग तेस्रो स्थानमा रहँदा अंकविहीन हुँदै बेनफिका पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।