काठमाडौं– युईएफए च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लजास्पद हार बेहोरेको छ। नेपाली समयानुसार बुधबार राति भएको खेलमा इंग्लिस क्लब न्युक्यास्टल युनाइटेडले पीएसजीविरुद्ध ४ गोल गर्यो।
खेलको १७औं मिनेटमा अल्मिरोनको गोलबाट घरेलु टोली न्युक्यास्टलले अग्रता लिन सुरु गरेको थियो। ३९औं मिनेटमा बर्नले गोल गरेपछि न्युक्यास्टलले अग्रता दोब्बर बनायो। पहिलो हाफमा २–० को अग्रता बनाएको न्युक्यास्टले दोस्रो हाफमा पनि थप २ गोल गर्यो।
५०औं मिनेटमा लङस्टाफले गोल गरेपछि खेल ३–० को स्थितिमा आएको थियो। ५६औं मिनेटमा पीएसजीका हर्नान्डेज गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याएका थिए। तर निर्धारित समयपछिको अतिरिक्त समयमा स्चारले गोल गरेपछि न्युक्यास्टलले ४–१ को प्रभावशाली जित निकाल्यो।
जितसँगै न्युक्यास्टल २ खेलबाट ४ अंकका साथ समूह ‘एफ’ को शीर्ष स्थानमा छ। समान २ खेलबाट ३ अंकसहित पीएसजी दोस्रो स्थानमा छ।
समूह ‘एफ’ कै अर्को खेलमा बोरुसिया डर्टमन्ड र एसी मिलानले गोलरहित बराबरी खेले। २ अंकसहित मिलान दोस्रो र १ अंकसहित बोरुसिया डर्टमन्ड पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।