काठमाडौं– ८७औं मिनेटमा मैदान प्रवेश गरेर म्याकटोनीले सरासर २ गोल गरेपछि म्यानचेस्टर युनाइटेडले चमात्कारिक जित निकालेको छ।
प्रिमियर लिगमा नेपाली समयअनुसार शनिबार राति भएको खेलमामा म्यानचेस्टर युनाइटेडले ब्रेनफोर्डमाथि चमात्कारीक जित निकालेको हो।
निर्धारित ९० मिनेटसम्म १–० ले पछि परेको युनाइटेडका लागि ९० मिनेटपछिको अतिरिक्त समयको ९३औं र ९७औं मिनेटमा म्याकटोनीले गोल गर्दै जित दिलाएका थिए।
खेलको २६ औं मिनेटमा विस्साको पासमा जेनसनले गोल गर्दै पाहुना टोली ब्रेनफोर्डलाई अग्रता दिलाएका थिए। ब्रेनफोर्डले अन्तिम समयसम्म अग्रता जोगाइ राखेको थियो। तर ८७औं मिनेटमा बेच्नबाट मैदान छिरेका म्याकटोनीले चमत्कारिक प्रर्दशन गरेपछि ब्रेनफोर्ड २–१ गोलले पराजित भयो।
प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेस र नोट्टम फोरेस्टले गोलसहित बराबरी खेले भने फुलहामले शिफिल्ड युनाइटेडलाई ३–१ गोलले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।