काठमाडौं– १० खेलाडीमा सीमित टोटनहाम जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत नेपाली समयानुसार शनिबार राति भएको खेलमा टोटनहामले लुटनलाई १–० ले हरायो।
पहिलो हाफको अन्तिम मिनेटमा विस्सुमा दोहोरो पहँलो कार्ड खाँदै मैदान बाहिरिपछि टोटनहाम १० खेलाडीमा सीमित भएको थियो। तर दोस्रो हाफको ५२औं मिनेटमा गरेको गोल जोगाइराख्दा टोटनहाम विजयी भयो।
५२औं मिनेटमा मेड्डीसनको पासमा भान डी भेनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। बाँकी समय दुबै तर्फबाट गोल नभएपछि भानकै गोलमार्फत् टोटनहामले लुटनमाथि १–० को जित निकाल्यो।
जितसँगै ८ खेलबाट २० अंकसहित टोटनहाम लिगको शीर्ष स्थानमा उक्लिएको छ। १ खेल कम खेलेको म्यानचेस्टर सिटी १८ अंकसहित दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।