काठमाडौं– शनिबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सीले जित निकालेको छ। चेल्सीले घरेलु टोली बर्नलीमाथि ४–१ को जित निकालेको हो।
खेलको १५औं मिनेटमा फोस्टरको पासमा ओडोब्रेटले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए। तर ४२औं मिनेटमा बर्नलीका अल डाक्हिलले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सी बराबरीमा आएको थियो।
दोस्रो हाफको ५०औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै पाल्मरले चेल्सीलाई अग्रता दिलाए। स्टर्लिङले ६५ औं र ज्याक्सनले ७४औं मिनेटमा गोल गरेपछि चेल्सीले ४–१ को जित निकाल्यो।
जितसँगै ८ खेलबाट ११ अंकका साथ चेल्सी लिगको ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।