काठमाडौं– स्पेनिस ला–लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। युवा स्टार जेड बेलिङ्घम चम्किएको खेलमा रियलले ओसासुनामाथि ४–० को जित निकालेको हो।
खेलको ९ मिनेटमै डानी कार्भाहालको पासमा बेलिङ्घले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५४औं मिनेटमा भालभर्देको पासमा पुनः बेलिङ्घमले गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो।
भालभर्देकै पासमा ६५ औं मिनेटमा भिनिसियस जुनियर गोल गरे भने ७० औं मिनेटमा होसेलुले गोल गरेपछि रियलले ४–० को जित निकाल्यो।
जितसँगै ९ खेलबाट २४ अंकका साथ रियल शीर्ष स्थानमा उक्लिएको छ। ९ खेल नै खेलेको गिरोनाको २२ अंक छ। १ खेल कम खेलेको बार्सिलोनाको २० अंक छ।
ला–लिगाका अन्य खेलहरुमा गिरोनाले कार्डिजलाई १–० ले हरायो। मालोर्का र भ्यालेन्सियाले १–१ को बराबरी खेल्दै अंक बाँडे। सेभिल्लाले रायो भाल्कानोसँग २–२ को बराबरी खेल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।